धनुषाको ३ ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु, बमको क्रासले जनजीवन क्रसित

धनुषा । ०७६ मङ्सिर ३० गते ।
धनुषाको ३ ठाउँमा बम जस्तो देखिने शंकास्पदवस्तुले जनजीवन क्रसित भएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित वागवानीदेखि संकटमोचन मन्दिरतर्फ जाने बाटोमा राति ९ बजे र जनकपुर ९ कै सरस्वती माध्यमिक विद्यालय र र धनुषाधाम नपा ५ पर्वताको मााध्यमिक विद्यालयको झयालमा देखिएको शंकास्पद वस्तुले जनजीवन क्रसित भएको छ । बम जस्तो देखिने शंकास्पद वस्तुलाई घेरा हालेर प्रहरीले निगरानी गर्दै आएको छ ।
जनकपुरधाम उपनपा ९ स्थित संकटमोचन मंदिरदेखि वागवानी जाने बाटोमा २९ गते रातिदेखि देखिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले ३० गते विहान १०ः३० मा डिस्पोज गरेका छन् ।

संकटमोचन मदिर नजिक शंकास्पद वस्तु बम डिस्पोज गर्दै नेपाली सेनाको टोली


जनकपुरधाम उपनपा ९ स्थित सरस्वती माध्यमिक विद्यालयको छेउमा देखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले अनुसन्धान सुरु गरेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता स्थित रहेको उच्च मावि पर्वतामा विद्यालयको झयालमा शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीहरुमा भागमभाग भएको छ । स्थानिय गाउँलेहरुमा समेत त्रास मच्चिएको छ । विद्यालयको लेखा शाखाको झयालमा सेतो प्लास्टिकमा बेरिएर राखिएको वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरीले विद्यालय खाली गराएको स्थानिय विनय कुमार यादवले जानकारी दिनुभएको छ ।

सरस्वती माध्यमिक विद्यालय नजिक शंकास्पद वस्तु


२७ गते राति धनुषाको महेन्द्रनगरमा बम विस्फोट घटनामा परेर प्रहरी इन्स्पेक्टरसहित ३ जनाको मृत्यु भएपछि क्रसित भएका महेन्द्रनगरको घटना सेलाउन नपाउँदै जनकपुरको २ ठाउँमा देखिएको बमले हामीलाई निकै डर महसुस भएको जनकपुर ९ बस्ने धनेश्वर साहले बताउनुभयो ।
यसैविच, संकटमोचन मन्दिरको छेउमा देखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोली आएर मङ्सिर ३० गते विहान साढे १० बजे डिस्पोज गरेको छ । बम देखिएको झण्डै १३ घण्टापछि बम डिस्पोज गरिएको छ भने सरस्वती माध्यमिक विद्यालयको छेउमा देखिएको शंकास्पद वस्तुको चेकजाँच गर्न नेपाली सेनाको टोली अनुसन्धान गर्दैछ ।

फोटो दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार