
धनुषा । ०७६ पुष २ गते ।
धनुषाको हंसपुर नगरपालिका ३ मलहनियामा बुधबारदेखि कुस्ती खेल प्रतियोगिता सुरुभएको छ ।
एक समारोहकाबीच हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले श्री श्री १०८ महावीर झणडा मेलाको उद्घाटन गरे । उनले मधेसमा पहिले धेरै लोकप्रिय रहेका कुस्ती खेल हालका दिनमा कम खेलेपनी स्थानीय युवा र अगुवाले चासो लिएपछि बिस्तारै लोकप्रियता बढदै गएको धारणा राखे ।
खेलाडीको संरक्षण गर्न सरकारले ध्यान दिनुपर्ने धारणा राख्दै आजका युवा भोलिका कर्णधारलाई कुलतबाट जोगाउने सशक्त माध्यम खेलकुद हो भन्ने जिम्मेवार निकायले बुझनुपर्ने धारणा समेत राखेका छन ।
मंसिर २६ गते बिहिवारदेखी शुरु भएको महावीर झणडा मेलामा कुस्ती खेल पुस ४ गते शुक्रबारसम्म चल्नेछ । मेलामा नेपाल भारतका प्रख्यात महिला तथा पुरुष खेलाडीको सहभागिता रहेका छन ।