महेन्द्रनगर बम काण्डमा प्रतिवन्धित नेकपा विप्लवका नेताहरुको संलग्नता छानविन टोलीको दावि

धनुषा । ०७६ पुष ३ गते ।
धनुषाको क्षिरेश्वरनाथ नपा ५ महेन्द्रनगरमा प्रहरी इन्स्पेक्टरलगायत ३ जनाको ज्यान जाने गरी भएको बम विस्फाट घटनामा नेपाल सरकारका प्रतिवन्धित नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्पेक्टर रहनुभएका घटना छानविन समितीका संयोजक उमाशंकर प्रसाद साहले बताउनुभएको छ ।
मङ्सिर २८ गते बुलेका प्रहरीले धनुषाको हंसपुर नपा २ बघचौडा बस्ने ४० वर्षीया विप्लवका प्रदेश २ संयोजक सीतादेवी महरा, हंसपुर नपा २ बघचौडा बस्ने विप्लवका प्रदेश २ सचिव ३२ वर्षीया ललिता देवी महरा, धनुषाधाम नपा २ मुसहर्निया बस्ने ४४ वर्षीय सुरेश महतो कोइरी, धनुषाको गणेशमान चारनाथ नपा १० बरमझिया बस्ने ६७ वर्षीय रामजी साह तेली, मिथिला बिहारी नपा १ भुतहि पटेर्वाका ६६ वर्षीय राम सोभित दाहा धानुक, धनुषाधाम नपा ५ नौसय बिघा गाउँका अक्सर राइन र उनका बुवा अल्लाउद्दीन राइनलाई समेत धनुषा प्रहरीले गिरफतार गरेको प्रहरी इन्स्पेक्टर उमाशंकर प्रसाद साहले बताउनुभएको छ ।
घटनामा संलग्न हुन सक्ने आशंकामा मुख्य योजनाकार मानिएकी विप्लव समूहको गीतादेवी महरा र समुहका कमान्डर देव लामालाई प्रहरी खोजी गरि रहेको बताएका छन् । घटना घटाएको आशंकामा गिरफतार गरिएकाका दर्जनौ मान्छेलाई सोधपुछ गरेर छोडेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर उमाशंकर प्रसाद साहको नेतृत्वमा गठित छानविन समितीले अनुसन्धानको क्रममा रकमको लेनदेनकै क्रममा विप्लवका नेताहरुले घरमा कुकर बम विस्फोट गराएको इन्सेक धनुषा प्रतिनिधीलाई जानकारी दिनुभएको छ ।
मङ्सिर २७ गते राति १२ः१० मा क्षिरेश्वरनाथ नपा ५ स्थित राजेश साहको घरमा भएको बम विस्फोटमा परेर प्रहरी ईन्सपेक्टर अमिर कुमार दाहाल, घरधनी राजेश साह, उनका छोरा आनन्द साहको मृत्यु भएको थियो । सो बम विस्फोट घटनामा परेर नेपाल प्रहरीका प्रहरी जवान रिजनाथ महता, मृतक राजेश सााहका बुवा भिखारी साह, कान्छो छोरा प्रेम भन्ने प्रकाश साह र उनकी छोरी अजली (निक्की) साहको सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ ।
प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थ भित्र फलामे किला, ग्ट्टिी, साईकले बलहरु राखेर मोबाईलबाट नियन्त्रण गरी विस्फोट गराएको हो ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार