
धनुषा, पुस ५ गते ।
धनुषामा १५ हजार घुस रकमसहित प्रहरी नायव निरीक्षक सईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । धनुषाको यज्ञभूमी प्रहरी चौकीमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
शुक्रवार साँझ दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पंजियारलाई धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरचौकबाट रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको अख्तियाले जनाएको छ ।