
धनुषा । ०७६ पुस ५ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा मगही भाषा संस्कृतीको संरक्षण सम्वद्र्धनका लागि समिती गठन गरिएको छ । बिजय कुमार दासको नेतृत्वमा १३ सदस्यीय समिती गठन गरिएको छ । मगही भाषा र संस्कृती जोगाउनका लागि समितिले आफना अभियानको थालनी गर्ने मगही अभियन्ता फुलगेन महतोले बताएका छन् ।
बिजय कुमार दासको अध्यक्षतामा गठित समितीका सदस्यहरुमा राम भरोस महासेठ ,अजय साह ,लक्ष्मी कुमारी महतो ,कान्ता पासमान ,सावित्री महतो ,रिन्कु कुमारी महतो ,बिना देबि महतो ,श्याम साह ,निरन्जन यादव ,अजय ठाकुर र राम मणि कुशवाहा, देव सागर दास रहेका छन् ।
मगही मानिसको जनजिब्रोको भाषा भएपनी आफुले बोल्ने भाषा के हो ?भन्ने थाहा नभएकोले भाषाबारे चिरपरिचित गराउनका लागि समितीले सर्वसाधारण, गाउँ,समाज टोल, छिमेकमा पहल गर्ने गर्नेछ ।