मिथिलामा तल्लो तहसम्म विस्तार हुदै जनमत पार्टी

धनुषा, ०७६ पुस ५ गते
धनुषाको मिथिला नगरपालिकामा जनमत पार्टीको वडा समिती चयन गरिएको छ । मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना) का युवा नेता लालवावु महतोको नेतृत्वमा १५ सदस्यीय वडा समिती चयन गरिएको छ । जनमत पार्टीका क्षेत्र नं. ४ का क्षेत्रीय उपाध्यक्ष ओम बिक्रम कुशवाहा र मिथिला नगरका संयोजक अभिमन्यु प्र. महतोको विशेष उपस्थितीमा गठित १५ सदस्यीय कार्यसमितीको सह संयोजकमा सन्तोष महतोलाई सर्वसम्मत चयन गरिएको छ ।


जनमत पार्टीको वडा जनपरिचालन समितीका सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद कुमार महतो, नागेन्द्र कुमार महतो, सन्जिब कुमार साह, जिवछ कुमार महतो, मनिष कुमार महतो, जय कुमार महतो, दिपेन्द्र कुमार महतो, राज किशोर महतो, रबि कुमार महतो, प्रदिप कुमार महतो र राम कुमार महतोलाई चयन गरिएको जनमत पार्र्टीका युवा नेता राजेश साहले जानकारी दिएका हुन् ।

धेरै पढिएको

ताजा समाचार