डोम समुदायलाई बल्याङकेट वितरण

महेन्द्रनगर

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित गंगोत्री ईग्लीस बोर्डिंग स्कुलमा शनिवार एक समारोहका बीच डोम समुदायलाई बल्याङकेट वितरण गरिएको छ । हर्षित नेपालको आयोजना तथा गंगोत्री स्कुलको सहयोग एवं समन्वयमा क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाकामा बसोबास गर्ने ३५ घरको डोम परिवारलाई जाडो छल्न न्यानो कपडा बल्याङकेट वितरण गरिएको छ । हर्षित नेपालका अध्यक्ष ममता साहकी अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाको प्रमुख आतिथ्यमा ३५ घरको डोम परिवारलाई जाडो छल्न बल्याङकेट वितरण गरिएको जनाएको छ ।

सो अवसरमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.५ का वडाध्यक्ष जीवछ मण्डल, गंगोत्री स्कुलका संचालक एवं धनुषा प्याब्सनका अध्यक्ष गणेश साह लगातयको विशेष उपस्थिति रहेको थियो । यता सोहि अवसरमा बोल्दै धनुषा प्याब्सनका जिल्ला अध्यक्ष गणेश साहले चाँडै नै प्याब्सनले जनकपुरको कविर अनाथ आश्रममा बल्याङकेट र खाद्यान्न वितरण गर्ने बताएका छन् । गंगोत्री स्कुलका संचालक समेत रहेको अध्यक्ष साहले डोम समुदायका अब्बल विद्यार्थीहरुको लागि निःशुल्क पठन पाठनको व्यवस्था समेत गर्ने बताएका छन् ।

धेरै पढिएको

ताजा समाचार