
धनुषा,०७८ पुस ९ गते । लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनिति २०७८ को समिक्षासहित रणनीति योजना हस्तान्तरण कार्यक्रम पुस ९ गते सम्पन्न भएको छ ।
महिला पुनस्थापना केन्द्र ओरेक प्रदेश २ कार्यालय लक्ष्मिनियाँ गाउँपालिका महिला विकास शाखा तथा अन्य शाखाहरुको सँयुक्त पहलमा ओरेकले प्राविधिक सहयोग गरी तयार गरेको रणनिति योजना लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादव र उपाध्यक्ष इन्द्रकला यादवलाई हस्तान्तर गर्नुभयो ।
कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका वडाध्यक्ष फुलगेन यादव, प्रमुख प्रशासकिय अधिकृत हरिशंकर यादवलगायत वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागितामा १ दिन कार्यशाला गोष्ठि गरि लैंगिक रणनितिसहितको योजना हस्तान्तरण गरेको आरेक नेपाल जनकपुरका कार्यक्रम अधिकृत विणा सिंहले जानकारी दिनुभयो ।
लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष विन्देश्वर यादवले आउने गाउँसभाको परिषदबाट लैंगिक निति पारित गराउने बताउनुभयो । उहाँले ओरेक नेपालले लैंगिक समानताका लागि राम्रो कार्य गरेवापत ओरेकलाई कार्यक्रम तथा सेफ हाउस संचालनका सहयोगका लागि पालिकाबाट २ लाख आर्थिक सहयोग गर्ने बताउनुभयो ।
