• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

निजी विद्यालयको चौतर्फी गुणस्तरिता बढाउनुपर्नेमा प्याब्सनकर्मीहरुको जोड, ३ प्याब्सन पालिका अध्यक्ष सम्मानित

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
पुस ९, २०७८, ९:०२ PM
0
निजी विद्यालयको चौतर्फी गुणस्तरिता बढाउनुपर्नेमा प्याब्सनकर्मीहरुको जोड, ३ प्याब्सन पालिका अध्यक्ष सम्मानित

धनुषा,०७८ पुसस ९ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल धनुषाको ९ औं जिल्ला अधिवेशनको उदघाटनमा वक्ताहरुले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको दावि गर्नुभएको छ । शुक्रवार लालगढमा आयोजित जिल्ला अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथी प्याब्सनका केन्द्रिय सदस्य नरेन्द्र शर्माले सरकारले अहिले सामुदायिक तथा सरकारी विद्यालयमा लाखौं करोडौको भौतिक सरंचना तथा प्रविधिमा समेत लगानी गरि रहेकाले सोही अनुसारको निजी विद्यालयले समेत आफनो लगानी बढाउँदै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।


प्याब्सन प्रदेश २ का सचिव विश्वलाल सिंहले देशभरको २२ प्रतिशत अभिभावकहरुको विद्यार्थी निजी विद्यालयमा रहेकाले हामीले आफनो गुणस्तरितालाई अझै समयसापेक्ष बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आफनो विद्यालयको पढाई लेखाइ, अनुशासन र सुशासनको साथै व्यवस्थापनमा हामीले स्वच्छ प्रतिस्पर्धाको माध्यमले ध्यान दिनुपर्ने बताउनुभयो । कोभिड–१९ का कारण देशभरका शिक्षा क्षेत्र प्रभावित भएकोमा निजी विद्यालयहरु अझै बढी प्रभावित हुनु परेको बताउनुभयो । उहाँले अहिलेको चुनौती गुणस्तरि शिक्षा, शिक्षक व्यवस्थापन र निजी विद्यालयमा पढ्ने र सरकारीमा नाम लेखाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । हामीले अवको दिनमा बढी रकम कमाउने र मुनाफा गर्ने भन्दा पनि गुणस्तरि शिक्षाका लागि निजी विद्यालयहरु गाँभेर भएपनि पढाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।


प्याब्सन प्रदेश २ का उपाध्यक्ष महेश मण्डलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा ठुलो योगदान गर्दै आएको भएपनि सरकारको लगानी सरकारीमा छ, तर पनि अभिभावकहरुको आशा, भरोसा र विश्वास निजी विद्यालयमा रहेको बताउनुभयो । उहाँले अभिभावकहरुको विश्वास निजीमा भएकाले हामीले अभिभावकहरुको आशा र भरोसालाई गुणस्तरिय शिक्षा दिदै कायम राख्नुपर्नेमा जोड दिनुभयो ।


मिथिला नगरपालिका शिक्षा समिती सदस्य तथा आदर्श माध्यमिक विद्यालय लालगढका प्रधानाध्यापक हरिप्रसाद काफले निजी र सरकारी विद्यालयहरुले आ आफनो तवरले गुणस्तरि शिक्षा दिदै स्वच्छ तरिकाले विद्यार्थी र अभिभावकको मन जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा दिइदैन भन्ने छैन् तर निजी विद्यालयहरुमा उत्कृष्ट पढाई लेखाई नै हुन्छन भन्ने भन्ने नसोच्न आग्रह गर्नुभयो । उहाँले सरकारी विद्यालयका शिक्षक निजी विद्यालयको पार्ट टाइम पढाउँदा उत्कृष्ट शिक्षक कहलाउँदै आएकाले सरकारीमै पढाउँदा किन उत्कृष्ट नहुने प्रश्न गर्नुभयो । उहाँले यसका लागि सरकारी तथा सामुदायिक विद्यालयले व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।
प्याब्सनमा देशभरका चार हजार पाँच सय निजी विद्यालय प्याब्सनमा आवद्ध रहेको छ । धनुषा जिल्लामै एक सय ६१ वटा विद्यालय प्याब्सन आवद्ध रहेको छ ।


यसैविच, प्याब्सन धनुषाको ९ औं जिल्ला अधिवेशनमा संस्थागत रुपमा उत्कृष्ट कार्य गरेवापत धनुषाका ३ पालिकाको प्याब्सन पालिका अध्यक्षलाई प्रशंसा पत्रले सम्मान गरेको छ । मिथिला नगरपालिका प्याब्सन अध्यक्ष भोगिलाल महतो, क्षिरेश्वरनाथ नगरपालिका प्याब्सन अध्यक्ष सुजित कापरी र धनुषाधाम नगरपालिका प्याब्सन अध्यक्ष रामपुकार यादवलाई उत्कृष्ट कार्य गरेवापत प्याब्सन अध्यक्ष गणेश साहले सम्मान गर्नुभयो ।


सोही अवसरमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिनु हुने प्याब्सन आवद्ध मोनाष्टिक माध्यमिक विद्यालय जनकपुरमा संस्थापक स्वर्गिय मिथिलेश साहलाई मरर्णोपरान्त सम्मान गरिएको छ । उहाँका छोरा मोनाष्टिक विद्यालयका निर्देशक सोनु साहले सो सम्मानले सम्मानित हुनु भएको छ । सोही अवसरमा मिथिला विहारी नगरपालिकाका एक प्रिन्सिपल कोभिड–१९ संक्रमणले मृत्युवरण गरेकोमा उहाँलाई समेत सम्मान गरिएको छ ।
प्याब्सनले आउने आगामी ३ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने वर्तमान अध्यक्ष गणेश साहले बताउनुभयो ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In