
धनुषा,०७८ पुस १४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश २ प्रमुख राजु पासमानको संयोजकत्वमा १७ सदस्यीय प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।
इन्सेक प्रदेश २ को नेतृत्वमा प्रदेश २ को आठ ओटै जिल्लाबाट मानवअधिकार रक्षकहरुको पुस १३ गते भएको भेलाबाट संयोजकमा राजु पासमानलाई चयन गरिएको हो ।
समितीको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्ण, एडभोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठ, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास, थर्ड एलायन्स प्रदेश संयोजक अर्जुन साह, इन्सेक धनुषा प्रतिनिधी समेत रहनुभएका शिक्षा पत्रकार समुह प्रदेश २ का संयोजक दिपेन्द्रप्रसाद सिंह, निल हिरा समाज प्रदेश २ संयोजक प्रदीप कुमार यादव, ओरेक नेपाल धनुषा परियोजना संयोजक रोजलिन सिंह बछारलाई चयन गरिएको छ ।

इन्सेक सप्तरी प्रतिनिधी मनोहर पोखरेल, इन्सेक सिरहा प्रतिनिधी दुर्गा परियार, लैगिक हिंसा नियन्त्रण संजाल धनुषा अध्यक्ष सुभद्रा आले मगर, इन्सेक रौतहट प्रतिनिधी कोपिला तिम्लिसिना, मानवअधिकारकर्मी विनोद महरा, इन्सेक बारा प्रतिनिधी भोलानाथ पौडेल, सलार्ही इन्सेक प्रतिनिधी बुधन साह, राष्ट्रिय अपांग महासंघका राजेश पासमान, मानवअधिकारकर्मी नन्दनी यादव रहेका छन् ।
मानव अधिकार संरक्षण र प्रबद्र्धनका लागि सो संजाल गठन गरिएको संयोजक राजु पासमानले बताउनुभयो । संजालको मानवअधिकार रक्षक हेल्प डेष्क र सचिवालय इन्सेक प्रदेश २ कार्यालयमा संचालन गर्ने निर्णय समेत गरिएको छ ।