• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मानव अधिकार रक्षकहरुको अवस्था चुनौतीपूर्ण वक्ताहरुको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १४, २०७८, ९:४१ AM
0
मानव अधिकार रक्षकहरुको अवस्था चुनौतीपूर्ण वक्ताहरुको भनाई

धनुषा, ०७८ पुस १४ गते । प्रदेश २ मा मानव अधिकार रक्षकहरुको अवस्था चुनौतीपूर्ण रहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश २ कार्यालयले पुस १३ गते जनकपुरधाममा आयोजना गरेको मानवअधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रममा वक्ताहरुले मानव अधिकार रक्षकहरुको पीडितको न्यायको लागि काम गरि रहँदा सुरक्षित नरहेको बताएका छन् ।


प्रदेश २ का सांसद रामाशिष यादवले मानव अधिकार रक्षक हुनु चुनौतीसंग युद्ध गर्नु सरह हुने गरेको बताउनुभयो । मानवअधिकार रक्षकले आवाज विहिनहरुको आवाज उठाउन र न्यायमा पहुँचको लागि काम गर्नु पर्ने भएकाले यो काम चुनौतीपूर्ण रहेको बताउनुभयो । मानव अधिकार रक्षकहरुको पीडितको लागि काम गरि रहँदा आफुनो अवस्था र सुरक्षाको समेत ख्याल गर्नुपर्नेमा सुझाव दिदै सुरक्षा चुनौती भए सर्तकता पूर्वक सम्बन्धित निकायमा खवर दिनुपर्ने बताउनुभयो । उहाँले वायु, पानी, माटो, वन जंगल, जीवजन्तुको समेत मानवअधिकारसम्बन्धी प्रस्तुतीकरण गर्दै समग्रमा मानवका सम्पूर्ण अधिकारको रक्षा गर्नु राज्य र मानवअधिका रक्षकहरुको दायित्व र कर्तव्य रहेको बताउनुभयो ।


इन्सेक प्रदेश २ प्रमुख राजु पासमानले प्रदेश २ मा मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरु निकै भई रहेकोमा हामी मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघ सं्रस्थाका प्रतिनिधी र व्यक्तिहरु समेत सुरक्षा चुनौतीको खतरा रहदै आएको बताउनुभयो । मानवअधिकारका उल्लघंनका घटनाहरु भई रहँदा रक्षकहरु कहिलेकाही राज्य पक्ष र पीडिकहरुको आँखा तगारो नै मानवअधिकारकर्मीहरु हुने गरेकाले हाम्रो सामुहिक एकताको आवश्यकता रहेको बताउनुभयो । घटनाहरुको स्थलगत अनुगमन र अवलोकन गर्न जाँदा समेत टोलीमार्फत जाँदा सहज र प्रभावकारी समेत हुने गरेको बताउनु भयो ।


राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ प्रमुख विरबहादुर बुढा मगरले मानव अधिकार रक्षकहरुले पीडितहरुको पक्षमा काम गरि रहँदा कुनै पनि प्रकारका सुरक्षा खतरा महसुस भएको खण्डमा आयोगमा जानकारी गराउन हुन आग्रह गर्नु भयो । उहाँले मानव अधिकार रक्षकहरुको सुरक्षाको सवालमा आयोग तत्पर रहेको बताउनु भयो ।


नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्णले राष्ट्रिय मानवअधिकार आयोगपछि देशभर संगठित रुपमा मानवअधिकारको क्षेत्रमा क्रियाशिल इन्सेक नै पहिलो र अग्रणी गैर सरकारी संस्था रहेको भन्दै प्रंशसा गर्नु भयो । प्रदेश २ मा मानव अधिकार रक्षकहरुकोे अवस्था सुखद नभएको बताउँदै यस वर्ष मात्रै प्रदेश २ मा १४ जना पत्रकारहरुमाथि राज्य पक्ष र गैरराज्यपक्षबाट आक्रमण, धम्की, स्वास्थ्यकर्मी उपर कुटपिट, प्रहरी थुनुवा कक्ष र कारागारमा कैदीवन्दीको मृत्यु हुनुले प्रदेश २ मा मानव अधिकार रक्षकहरुको सुरक्षा अवस्था समेत चुनौतीपूर्ण रहेको बताउनु भयो । पीडितलाई न्यायमा पहुँच बढाउन हामी थोरै संख्यामा रहेका मानवअधिकार रक्षकहरुको संघसंस्था र व्यक्तिहरुको सामुहिक संस्था निमार्ण गरि संयुक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

एनजिओ फेडरेशन प्रदेश २ सदस्य पिंकी कुमारी साहले हामी मानवअधिकार रक्षकहरुको समेत विभिन्न घटनाहरु मत बाँझिदै आएकाले यसको लागि समेत संयुक्त संस्थाको आवश्यक रहेको बताउनु भयो । उहाँले हामी मानव अधिकार रक्षकहरुले पीडितहरुको न्यायमा पहुँच बढाउन हरपल तयार रहनुपर्ने र हामी हाम्रो कामले नै समाजमा अब्बल स्थापित हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश २ सभाका सांसद रामाशिष यादवले महिलाअधिकारकर्मी रोजलिन सिंह बछार, कोपिला तिम्लिसिना, शान्ति पासमान, वविता जैसवाल र नन्दनी यादवलाई पर्यावरण बचाउका लागि कटहरको बोट रोप्न प्रदान गर्नुभयो । पर्यावरण र प्लाष्टिक मुक्त अभियानी समेत रहनुभएका सांसद यादवले कपडाका झोला सम्पूर्ण सहभागिहरुलाई प्रदान गर्नुभएको थियो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

9 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In