• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नागरिकमा पहुँच र महिला शस्क्तीकरण नभए सम्म समग्र दलित समुदायको उत्थान हुन नसक्ने वक्ताहरुको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १७, २०७८, १२:०० AM
0
नागरिकमा पहुँच र महिला शस्क्तीकरण नभए सम्म समग्र दलित समुदायको उत्थान हुन नसक्ने वक्ताहरुको भनाई

दलित समुदायको नागरिकमा पहुँच र महिला शस्क्तीकरण नभए सम्म समग्र दलित समुदायको उत्थान हुन नसक्ने बताएका छन् । जनकपुरधाममा एनपिआईको जातीय भेदभाव विरुद्वको परियोजनाले आयोजना गरेको दलित अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव नारायण विश्वकर्माले दलित समुदायको मुख्य समस्या नागरिकता पनि रहेको बताए । नागरिकको पहिचान खुल्ने र सेवा सुविधाका लागि अति आवयश्क नागरिकतानै नभएपछि लक्षित वर्ग भएपनि दलित समुदाय सेवा र सुविधाबाट बञ्चित हुन पुगेको उनको तर्क छ ।

नेपाल सरकारका पुर्व सचिव डा. मान बहादुर विश्वकर्माले पनि वृद्व भत्ता पाउनकै लागि भएपनि बुढेसकालमा मात्र नागरिकताको जरुरी महसुश हुने भएकाले समेत दलित समुदाय नागरिकताबाट बञ्चित रहेको पाइएको भन्दै विशेष अभियान चलाउन आवयश्क रहेको बताए ।

अन्य प्रदेशको तुलनामा प्रदेश नं. २ मा दलितहरुको अवस्था र पहुँच निक्कै कमजोर रहेको कुरा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवनारायण विश्वकर्माले बताएका छन् । उनले प्रदेश नं. २ का दलितहरु जन्मदर्ता र नागरिकताबाट वन्चित रहेको कारणले राज्यले उपलब्ध गराएका सुविधाहरु समेत उपभोग गर्न नसकेको प्रष्ट पारे ।


दलित सहितका सीमांकृत वर्गसँग गरिएको सामाजिक विभेदका कारण राष्टूको कुल गृहस्थ उत्पादनमा २५ प्रतिशत कमी हुने गरेको बताउँदै अध्यक्ष विश्वकर्माले दलितहरुलाई राज्यको मुलधारमा सामाहित गराउन र राजनीतिक पहुँच बढाउनका लागि आयोग प्रतिबद्ध रहेको बताए ।
जनकपुरधाममा आयोेजित एक कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष विश्वकर्माले निजी क्षेत्रमा समेत दलितहरुले आरक्षण पाउनुपर्ने नीति बनाउन आयोग अग्रसर रहेको बताउँदै दलित, जनजाति, महिला र मुस्लिम सहितका सीमाकृत वर्गहरुको अवस्था प्रदेश नं. २ मा निक्कै कमजोर रहेको हुनाले दलित सशक्तिकरणका लागि प्रदेश सरकार र नीति संघ संस्थाहरु अघि बढउनुपर्ने कुरामा जोड दिए ।
दलितहरुसँग हुने गरेको शोषण र उत्पीडनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु बढी संलग्न हुने गरेकोले निकट भविष्यमै प्रदेश नं. २ का राजनीतिक दलका जिल्ला अध्यक्षहरु र प्रदेश अध्यक्षहरुसँगको अन्तरक्रिया गरी दलितलाई उत्पीडनमा नपार्न प्रतिबद्धता लिने कुरा आयोगका अध्यक्ष विश्वकर्माले बताए ।


प्रदेश नं. २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले संविधान र विभिन्न ऐनकानूनमा दलितहरुको पहुँच अभिवृद्धिका लागि व्यवस्थाहरु भएपनि त्यसको कार्यान्वयन गर्ने निकाय इमान्दार नरहेको हुनाले दलितको पहुँच हुन सकेको छैन र खासगरी मधेशी दलित महिलाहरुलाई कुनै संवैधानिक निकाय, सरकारको मन्त्री परिषद् र माथिल्लो निकायमा समावेस नगरिएको हुनाले कार्यान्वयन तहमा दलितहरुलाई अवसर दिनुपर्ने बताए ।


नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का राजेश कुमार कर्णले राजनीतिक दलको केन्द्रिय समितिहरु एवं सरकारी नीति निर्माण र निर्णय गर्ने तहमा दलितहरु पहुँच नभएसम्म दलितहरुको समस्या समाधान हुन नसक्ने बताउँदै पत्रकारहरुले दलितहरुलाई निर्णयक तहसम्म पुर्याउनका लागि समाचार र विचारमा प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए ।


सो कार्यक्रममा सहभागीहरले दलितको नाउँमा आउने छात्रवृति र पोषणभत्ता समेत दलितले पाउने गरेको छैन । छात्राहरुलाई सेनिटरी पैड वितरणका लागि सरकारले निर्देशन दिएपनि प्रदेश नं. २ मा कुनै पनि विद्यालयमा सेनेटरी पैड वितरण नगरिएको अवस्थामा दलित छात्राहरुको प्रजनन स्वस्थ्य अवस्था दयनिय रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका वक्ताहरुले पनि रोजिरोटी र दैनिकी टार्न समेत नागरिकता भन्दा कामलाई विशेष प्राथमिकता दिइएकाले दलित समुदाय नागरिकता लिन नपाएको भन्दै भत्ता र सुविधाको व्यवस्था गरेर भएपनि नागरिकता लिन प्रेरित गर्ने अभियान आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा एनपिआईका प्रमुख सुरेन्द्र बोगटी, प्रदेश २ प्रतिनिधी बिनोद महरा सहितको उपस्थिती थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In