धनुषामा जाडोले एक वृद्धको मृत्यु

धनुषा,०७८ पुस २० गते । क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीया समुद्री देवी यादवको जाडोको कठ्याग्रिएर पुस २० गते मृत्यु भएको जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले जानकारी दिनुभयो ।


केही दिनदेखि बढेको चिसो र शितलहरले कठयाग्रिएर पुस १९ गते काप्दै भुईँमा लडेपछि उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा पुस २० गते विहान मृत्यु भएको जिल्ला समन्वय समिति धनुषाका प्रमुख यादवले बताउनु भयो ।


मृतकको पुस २० गते प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । परिवारजनले पुस २० गते हिन्दु धार्मिक परम्पराअनुसार क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित जलाध खोलामा पुस २० गते दाहसंस्कार गरेको छ ।

धेरै पढिएको

ताजा समाचार