धनुषामा बलात्कार घटनाका आरोपित गिरफतार

धनुषा,०७८ पुस २५ गते । ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सबैला नगरपालिका–९ भठियन बस्ने ५५ वर्षीय मुनेश्वर राय अमात्यलाई इलाका प्रहरी कार्यालय सवैलाले पुस २३ गते गिरफतार गरेको छ ।


मानसिक सन्तुलन गुमाएकी महिला भठियन बजारको सडक छेउमा पराल बिछ्याइएर सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेको स्थानियहरुको आरोप छ ।

पीडितलाई बलात्कार गरि रहेको अवस्थामा पीडित चिच्याएपछि स्थानियले उद्धार गरेको स्थानियले बताउनुभयो । स्थानियहरुको सहयोगमा पीडितले पुस २४ गते इलाका प्रहरी कार्यालय सवैलामा आरोपितविरुद्ध उजुरी दर्ता गराएको छ ।

धेरै पढिएको

ताजा समाचार