
धनुषा,०७८ पुस २६ गते । जनकपुर उपमहानगरपालिका–७ स्थित बस पार्कबाट लाखौ मुल्य बरावरको अवैध समान बरामद गरेको छ । भारतबाट भन्सार छलि ल्याएका कुर्ता सुरवाल , बच्चाले लगाउने ज्याकेट, रेडबुल, ३ क्विन्टल ८० किलो तिल, राजनिवास, प्लाष्टिकको झोलालगायतको अवैध सामाग्री जफत गरेको हो ।
बरामद गरिएको समानको बजार मुल्य करिव एक लाख ५५ हजार रुपैया रहेको र सो समानहरु कारवाहीका लागि जनकपुर भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए ।