मधेश आन्दोलनका ५७ सहिद परिवारलाई ३ लाखको दरले राहत दिदै सरकार

धनुषा,०७८ पुस २६ गते । मधेस आन्दोलनमा शहीद भएका ५७ जना सहिद परिवारलाई प्रदेश २ सरकारले आर्थिक राहत प्रदान गर्ने भएको छ । माघ ५ गते प्रदेश सरकारले सप्तरीको राजविराजमा मनाउने सहिद बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई ३ लाखका दरले प्रदान गर्ने प्रदेश २ सरकारका प्रवक्ता रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।


नेपाल पत्रकार महासंघ सप्तरीले पुस २६ गते आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री साहले सहिद परिवारहरुको अवस्था दैनिय देखिएकाले गर्दा सहिद परिवारहरुको आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम दिने लागेको बताए ।


प्रदेश सरकारले मधेश आन्दोलनमा घाइते भएकाहरुलाई पनि रकम प्रदान गरिने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए ।

धेरै पढिएको

ताजा समाचार