प्रेस संगठन महोत्तरीको संयोजकमा महतो

पुस ७, २०७६

प्रेस संगठन नेपालको महोत्तरी जिल्ला कार्यसमिति गठन भएको छ । पूर्व प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेलाले सोमबार पत्रकार राजकरण महतोको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । 

संगठनको सह संयोजकमा बिनोद पौडेल र सदस्यहरुमा अमृत कुमार महतो, यशोद्घा बस्नेत, रामबावु यादव, ललन मंडल, आशा तोलाङ्गे र राम नरायण महतो रहेका छन् । 

प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का संयोजक हिरालाल चौधरी,उपत्यका प्रदेश समितिका संयोजक नवराज दाहाल र प्रेस संगठन नेपालका केन्द्रीय सदस्य सुनिता बरालकोे उपस्थितीमा दुई संगठनको समायोजन भेला सम्पन्न भएको हो । 

भेलाले प्रदेश २ समितिको लागि पत्रकार निकेश खनाल र सुनिता महतोलाई प्रस्तावित गरेको छ । 

धेरै पढिएको

ताजा समाचार