धनुषा,०७८ फागुन २४ गते । जानकी महिला संजाल धनुषाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बालविवाह र दहेज प्रथा विरुद्ध प्रभात ¥याली गरेको छ । लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडाबाट सुरु गरिएको रयाली वडाको विभिन्न टोलमा परिक्रमा गरि वडा कार्यालयमा कोणसभा गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका–१८ महुवामा समेत रयाली गरि कोणसभा गरेर सम्पन्न गरिएको छ ।
जानकी महिला संजाल धनुषाको कोषाध्यक्ष लता लामाको अध्यक्षता तथा प्रहरी कार्यालय लक्ष्मीनियाँका बुधेश्वर मिश्रा ज्युको प्रमुख आतिथ्यमा कोणसभा गरिएको थियो । रयालीमा नारी पुरुष एक समान, अब महिला चुप बस्दैन ,बाल विवाह जिन्दगी तवाह, छोरीलाई दाइजो होइन शिक्षा देउ, लैगिंक समानता काम गर, भन्ने नारा सहित मनाईयो ।

परियोजनाले बालविवाह ,दाइजो प्रथालगायत महिला हिसा अन्त्य तथा किशोरी सशक्तिकरणमा आफना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जानकी महिला संजालले बालविवाह , दहेज प्रथा तथा महिला हिसाँका घटनाहरु बढी रहेका कारण परियोजनाले धनुषा जिल्लाको ३ तिनवटा गा.पा. तथा न.पा ( जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.१८ ,नगराईन नगरपालिकाको वडा नं.२ तथा लक्ष्मीनिया गाउँपालिकाको वडा नं. २ मा स्थानिय सरकारको समन्व्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । तिन वटै स्थानीय तहमा किशोरी क्लब गठन गरि किशोरी क्लबको माध्यमले समुदायमा बालविवाह अन्त्यका लागि दहेज निर्मुलिकरण तथा महिला हिसा अन्त्यका लागि अभियान सञ्चालन गर्दै आएको परियोजना संयोजक देवकुमार महतोले बताउनुभयो ।
मधेश प्रदेश सरकार महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामको आयोजना तथा जानकी महिला संजाल धनुषा, बालविवाह विरुद्धको प्रदेश स्तरीय संजाल, मधेश प्रदेश लगायत धनुषामा कार्यरत दर्जनौ गैरसरकारी सस्थाँहरुको सहकार्यमा विहान जानकी मन्दिरबाट ¥याली कार्यक्रम शुरु गरि नगर परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो ।

जानकी महिला संजाल,धनुषा र जिल्ला युवा संजाल, धनुषाको सयुक्तं सहकार्यमा ८ मार्चको अवसरमा साझँ जानकी मन्दिरमा भव्यताका साथ दिपप्रज्वलन कार्यक्रम गरिएको छ । जानकी महिला संजाल,धनुषाले ८ मार्च २०२२ सप्ताह व्यापी रुपमा मनाइ रहेको छ । ९ मार्च का दिन बालविवाह विरुद्धको प्रदेश स्तरीय संजाल,मधेश प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धनुषा, लाइफ नेपालसगँको सयुक्त सहकार्यमा बालविवाह विरुद्ध प्रहरीसगँ साझोदारी कार्यक्रम गर्ने परियोजना संयोजक देव कुमार महतोले जानकारी दिनुभयो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !