
धनुषा । ०७६ पुस ७ गते ।
स्पोर्ट नेपालको आयोजनामा धनुषाको २ पालिकामा संचालित सुन्दर शान्त नेपाल परियोजनाको त्रैमासिक बैठक सम्पन्न भएको छ । स्पोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिकको अध्यक्षतामा आयोजित त्रैमासिक बैठकमा सहभागिहरुले परियोजनाले गर्दा सिमान्तकृत वर्गमा जनचेतना, नेतृत्वसिप र जागरुक्कता ल्याएको बताएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका र बटेश्वर गाउँपालिकामा स्पोर्ट नेपालले सिमान्तकृत समुदायका अति विपन्न घरपरिवारलाई लक्षित गर्दै संचालन गरेको सुन्दर शान्त नेपाल परियोजनाअन्र्तगत सामुदायिक समुह र नागरिक समाज संघसंस्था र संचारकर्मीसंगको त्रैमासिक बैठकमा सहभागिहरुले परियोजनाले गर्दा सिमान्तकृत समुदायमा व्यापक जनचेतना अभिवृद्धि हुनुको साथै आफनो हक अधिकार सम्बन्धित निकायमा खोजी निति गर्न थालेको बताएका छन् ।
सुन्दर शान्त नेपाल परियोजनाअन्र्तगत गठित नागरिक सहकारी मंच जनकपुरका संयोजक प्रदिप यादवले मंचका सदस्यहरुले निगरानी गर्दा जनकपुरधाम १२ मा शिक्षा क्षेत्रमा देखिएको बेथिती न्युनिकरण गर्न त्यहाँका लक्षित समुदाय अग्रसर भएको बताए ।
नागरिक सहकारी मंच बटेश्वरका संयोजक इन्दल सिंहले शिक्षा, स्वास्थ्यमा देखिएको विकृति र युवाहरुमा देखिएको कुलत र दुव्र्यसनी न्युनिकरणका लागि मंचले निरन्तर खबरदारी गर्दै आएको बताएका थिए । उनले भने अहिले हाम्रो समाज देखिएको विकृति अन्त्यका लागि मंचले ठुलो पहलकदमी लिएको छ । यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा नेकपामा नेता देवसागर दासले यूवाहरुमा देखिएको कुलतलाई हटाउनका लागि जनचेतना जगाउने, सिमान्तकृत समुदायको समस्यालाई सम्बन्धित ठाउँसम्म लैजाने, आवाज विहिनहरुको लागि आवाज उठाउनका लागि नागरिक सहकारी मंचको भुमिका अहम् रहदै आएको बताए । उनले भने मंचको गतिविधीले समाजमा जागरुक्ता आएको छ, अझै जागरुक्ता ल्याउनका लागि नेतृत्वसिप विकास तालिमलगायतको कार्यक्रमको आवश्यकता छ ।
सुन्दर शान्त नेपाल परियोजनाका कार्यक्रम संयोजक मनोज सिंह दनुवारले यो परियोजना अवको ३ महिना मात्रै संचालनमा रहेकाले गर्दा परियोजनालाई परिणाममुखी बनाउनका लागि नागरिक सहकारी मंचका पदाधिकारी तथा सदस्यहरुले अहम् भुमिका खेलेको बताए ।
त्रैमासिक बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मनमाया मगर, महिला अधिकारकर्मी सुभद्रा आले मगर, महिलाअधिकारकर्मी मुन्नी देवी दास, स्पोर्ट नेपालका कानुनी परामर्शदाता अधिवक्ता उमेश यादव, स्पोर्टका सदस्य उर्मिला यादवलगायत संचारकर्मीहरुले जिज्ञासा तथा सल्लाह सुझाव व्यक्त गरेका थिए ।