
०७६ पुस ८ गते ।
नेपाल तरुण दल धनुषाले कुष्टरोगीहरुको आश्रमस्थल जमिरिया देवी भवनमा न्यानो कपडा तथा कम्वल वितरण गरेका छन् । नेपाल तरुण दलका धनुषा उपाध्यक्ष राकेश बिक्रम साहको अध्यक्षतामा कपडा भणडार जनकपुरधाम ६ गिरनारी कुट्टिको समन्वयमा जनकपुर ७ स्थित ५१ जना कुुष्टरोगीहरुलाई न्यानो कपडा र कम्वल वितरण गरिएको हो ।
कम्वल वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, नेपाली कांग्रेस प्रदेश नं.२ संसदीय दल का नेता रामसरोज यादवले आश्रममा बस्दै आएका ५१ जनालाई न्यानो कपडा र कम्वल वितरण गरेका हुन् ।

कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष कुमार यादव, नेपाली कांग्रेसका नेता जिबनाथ चौधरी, वडा नं.५ का अध्यक्ष मनोज साह, वडा नं. ७ का अध्यक्ष जानकीराम साह, नेपाली कांग्रेसकी नेतृ रिंकु साह, जनकपुर युथ क्लबका अध्यक्ष रोहित ठाकुर, पुर्व अध्यक्ष चन्दन राय, नेपाली कांग्रेसका युवा नेता मनिष रमन साह, बिक्रम यादव, राहुल मिश्रा, पंकज महतो रहेका थिए ।
कपडा वितरण कार्यक्रममा कुबेर सहकारीका प्रबन्धक सन्जिब कुमार साह, कैलास राउत, अजय गुप्ता, दिपक कुमार साह, महेस साह, रुद्र नरायण साह, अमन सिंह, हिमान्सु भुवानीया, माजिद हुसेनलगायत तरुण दल धनुषाका दर्जनौं युवा नेताहरुको उपस्थिति रहेको थियो । न्यानो कपडा र कम्वल गणपति ज्वेलर्सका प्रोपाइटर राजिव कुमार साह चन्दनले नेपाल तरुण दललाई सहयोग गरेका थिए ।