प्यावसन धनुषाले गरे कविर अनाथ आश्रममा न्यानो कपडा र खाद्यान्न सहयोग

धनुषा । ०७६ पुस ८ गते
निजी विद्यालयहरुको संगठन प्यावसन धनुषाले न्यायो कपडा र खाद्यान्न सामाग्री सहयोग गरेका छन् । मंगलवार जनकपुरधाम ८ स्थित कविर अनाथ बाल आश्रमका संचालक सन्त प्रोफेसर सत्यनारायण आलोकलाई धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको विशेष उपस्थितीमा कपडा र खाद्यान्न सामाग्री प्रदान गरेका हुन् ।


तराई मधेशमा शितलहरले अति जाडो भएको वेलामा मानवीय सेवाको भावनाले हर्षित नेपाल नामक संस्थाको आग्रहमा आश्रमका बालबच्चाहरुको लागि प्यावसन धनुषाका अध्यक्ष गणेश साहको नेतृत्वमा कपडा र खाद्यान्न सामाग्री प्रदान गरिएको हो । प्यावसन जिल्ला कार्य समिती धनुषाको तर्फबाट ५ थाल कम्वल (ब्लाङकेट), ७५ किलो चामल, १० किलो पिठो, ५ किलो चामल, ५ किलो खाने तेल, ५ किलो चिनी, ५ किलो नुन, ५ किलो दुध, ५ थान झुल, ३ किलो स्याविन, १२ पिस नुहाउने सावुन, १२ पिस लुगाधुने सावुन, २ वन्डल विस्कुट, पेन्सिल, ब्रस,पेष्ट, कापी, लगाउने तेल, वुस्ट, डटपेनलगायतको २१ हजार बरावरको सामाग्री प्रदान गरेका छन् ।


कपडा तथा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा प्यावसनका केन्द्रिय सदस्य नरेन्द्र शर्मा, प्यावसन प्रदेश २ का उपाध्यक्ष महेश मण्डल, प्यावसन प्रदेश २ सचिव विश्वलाल सिंह, प्यावसन धनुषा उपाध्यक्षद्धय विनोद कुमार यादव,नवल यादव, प्यावसन जनकपुर नगर अध्यक्ष संजिव यादव,हर्षित नेपालका प्रतिनिधी संजय साहलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार