मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान

धनुषा,०७९ वैशाख ३० गते । मिथिला नगरपालिका–२ स्थित नक्टाझिजको मतदान केन्द्र (ख) मा मतदान अधिकृतको मा हस्ताक्षर नभएको मतपत्रमा मतदान गरिएको खुलासा भएको छ । मतपत्रमा अधिकृतको हस्ताक्षर विनाकै मतपत्रमा मतदाताहरुले मतदान गरेको खुलेको हो ।


मतदान अधिकृत निरञ्जन कुमार पण्डितले भूलबस हस्ताक्षर छुटेको मतदान पत्रमा मतदान भएको स्विकार गर्दै कति मतपत्रमा हस्ताक्षर विनाको मतदान भएको बारे एकिन भएको छैन् । निर्वाचन केन्द्रका निर्वाचन अधिकृतको कमजोरीले हस्ताक्षर छुटेको मतदान स्थलका प्रमुख अधिकृत सन्तोष कुमार यादवले बताउनुभयो ।


निर्वाचन अधिकृतको हस्ताक्षर विनाको खसेको मतबारे मतगणनाको क्रममा राजनितिक दलहरुविच आपसी छलफलअनुसारको निर्णय लागु गरिने निर्वाचन स्थलका प्रमुख सन्तोष कुमार यादवले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार