
धनुषा । ०७६ पुस १० गते ।
धनुषाको मिथिला नगरपालिका ९ बडहरी बजारस्थित रेडक्रस अफिसको आँपको बगैचामा धारिलो हतियार प्रहार गरि बुहारी हत्या गर्ने जनकपुरधाम उ.म.न.पा.२१ कुर्था बस्ने श्रीप्रसाद पंजियारलाई प्रहरीले गिरफतार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १० गते श्री मिश्री प्रसाद पंजियारको वर्ष ३८ वर्षीय रानी देवी पंजियारलाई धारीलो हतियारले शरीरको टाउको, नाक र बायाँ हातको तीन वटा औँलामा काटि गम्भिर हत्या गरेको अभियोगमा गिरफतार गरि श्रीप्रसाद पंजियारलाई सार्वजानिक गरेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरीको टोलीले जनकपुरधाम १ स्थित रेल्वे ट्रेकबाट गिरफतार गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह