
धनुषा । पुस १४ गते ।
प्रदेश २ सरकारको मन्त्रालय रहेको जनकपुर चुरोट कारखानाको वरिपरि धर्ना र विरोध प्रदर्शनमा स्थानिय प्रशासनले रोक लगाइएको छ । धनुषा जिल्ला सुरक्षा समिति पुस १४ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तथा अन्य मन्त्रालयहरु समेत रहेको जनकपुर चुरोट कारखाना अगाडी कुनैपनि समूह वा संघ संगठनले धर्ना तथा विरोध प्रदर्शन नगर्न भन्दै निषेधज्ञा जारी गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले मुख्यमन्त्री तथा अन्य मन्त्रालयका कार्यालयहरु संवेदनशील क्षेत्रमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा समितिको निर्णय अनुसार पुस १४ गतेदेखि निषेधज्ञा जारी गरेको बताएका हुन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सुरक्षाको संवेदनशीलता हेरेर निषेधाज्ञा जारी गरेको सुरक्षा समितिले जनाएको छ ।