• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को मानवअधिकार तथा मानवीय अवस्था बारेमा कार्यक्रम सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १५, २०७६, ७:४६ PM
0
प्रदेश २ को मानवअधिकार तथा मानवीय अवस्था बारेमा कार्यक्रम सम्पन्न

धनुषा । ०७६ पुस १५ गते ।
इन्सेक प्रदेश २ को आयोजनामा प्रदेशस्तरिय मानवअधिकार तथा मानवीय अवस्था बारेमा पुस १५ गते जनकपुरधाममा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको अध्यक्षतामा प्रदेश २ का अर्थ मामिला तथा योजना राज्यमन्त्रि उषा यादवको प्रमुख आतिथ्यतामा प्रदेश २ को मानवअधिकार तथा मानवीय अवस्था विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश २ का प्रलेख अधिकृत सर्भेशराज शर्माले प्रदेश २ मा २०७५ पुष १७ गतेदेखि २०७६ पुष १४ गतेसम्म प्रदेश २ मा ७ सय ४७ जना पिडित भएको इन्सेक प्रदेश २ कार्यालयले अभिलेखिकरण गरेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेश २ मा १ सय ४६ जना पिडितको संख्या बढि देखिएको छ । प्रदेश २ मा राज्यपक्षबाट ७ महिलासहित ९४ जना पिडित हुनुभएको छ । प्रदेश २ मा छुवाछुतको घटनामा ४ जना पुरुष पिडित भएका हुन् । राज्य पक्षबाट कुटपिट घटनामा १ महिलासहित ४ जना, अभिव्यक्ति गिरफतारी घटनामा ५ महिलासहित ५५ जना पिडित भएको प्रदेश २ ले अभिलेखिकरण गरेको छ ।


प्रदेश २ मा गैर राज्य पक्षबाट ५ सय ३६ महिलासहित ६ सय ४६ जना पिडित भएका छन् जसमध्ये ५१ महिलासहित ७५ जनाको हत्या भएको इन्सेक प्रदेश २ ले अभिलेखिकरण गरेको छ । यस वर्ष प्रदेश २ मा बालअधिकारका घटनामा १ सय ८४ जना बालिका पिडित भएका छन् भने महिला अधिकारका घटनामा २ सय ५७ जना पिडित भएको प्रतिवेदन प्रस्तुतीकरण गरिएको छ ।
कार्यक्रममा इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहले २०७५ पुष १७ गतेदेखि २०७६ पुस १४ गतेसम्म धनुषामा १ सय ४ घटनामा १ सय ४५ जना पिडित भएको अभिलेख प्रस्तुत गर्नुभएको छ । एक वर्षमा गैर राज्य पक्षबाट ७७ महिलासहित ८९ जना पिडित भएका छन् । जसमध्ये राज्य पक्षबाट ६ महिलासहित ५४ जना पिडित भएका छन् । धनुषामा एक वर्षमा ११ महिला र ४ पुरुष गरि १५ जनाको हत्या भएको छ ।


धनुषामा एक वर्षको अवधिमा बालअधिकारको घटनामा ३१ जना बालिका पिडित भएका छन् । बालअधिकारको घटनामा २५ जनामाथि बलात्कार, ३ जनामाथि यौनदुव्र्यवहार, ३ बालिकाको बालविवाह भएको अभिलेख गरिएको छ । धनुषामा एक वर्षको अवधिमा एक नाबालिकामाथि बलात्कारपछि घाँटी थिचेर हत्या गर्दै जलाएको छ । धनुषामा एक वर्षको अवधिमा ३० जना महिला पिडित भएको तथ्याङ्क जिल्ला प्रतिनिधी सिंहले प्रस्तुतीकरण गर्नुभएको थियो ।


प्रतिवेदन प्रस्तुतीकरणपछि कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का अर्थ मामिला तथा योजना राज्यमन्त्रि उषा कुमारी यादवले इन्सेकले जिल्ला, प्रदेश र देशभर मानवअधिकारको सवालमा घटेका घटनाहरुलाई संकलन गर्दै मानव वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा धन्यवाद दिदै मानवअधिकारको घटना न्युनिकरणतर्फ हामी सवै अग्रसर हुनुपर्ने बताउनुभएको छ । उहाँले एउटै व्यक्तिको हातमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकादेखि पत्रकारितासम्म सरकारको हातमा रहेकाले गर्दा मानवअधिकारको हनन् र विभेद हुदै गरेको बताउनुभयो । जातिय, वर्गिय रुपमा विभेद हुदै आएको भन्दै जहिले पनि बलियो मान्छेले कमजोर मान्छेलमाथि मानवअधिकार हनन् गर्दै आएको र प्रहरी प्रशासनले घटनाको सहि तरिकाले छानविन नगर्ने गरेको गुनासो गर्नुभयो ।


कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का निर्देशक विरबहादुर बुढा मगरले मानवअधिकारका घटनालाई कुनै निकायले पुस्तक बनाउन नसकेको वेलामा इन्सेकले वर्षौदेखि मानववर्ष पुस्तक निकाल्दै घटनाको अभिलेखिकरण गर्नु सुखद पक्ष भएको बताउनुभयो । उहाँले इन्सेकले प्रदेश २ को बारेमा प्रस्तुत गरेको डाटाले हामी मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मीहरुलाई सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।


एड्भोकेसी फोरमका प्रदेश २ संयोजक राजकुमार महासेठले घटना र अपराध कहिल्यै समाप्त हुदैनन् तर यसको न्युनिकरण गर्न सक्नुपर्ने बताउनुभयो । अव हामीले पिडितलाई राज्यपक्षले न्याय दियो कि दिएन भन्ने र घटनाप्रति राज्य संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल वार एशोसिएशन जनकपुरका अध्यक्ष रामनेक साहले प्रहरी प्रशासनमा अपराध तथा घटना भएको भनी आएको उजुरीपछि प्रहरीले आरोपित घटनाको दोषी नै हुने गरि खोजी निति गर्दै आएकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो निर्दोष व्यक्तिमाथि पनि प्रहरी प्रशासनमा उजुरी पर्ने गर्छ त्यसैले प्रहरी प्रशासनले आरोपित व्यक्ति साच्चिकै दोषी हुन् वा होइनन् भन्ने तर्फ पनि सचेत हुन जरुरी रहेको बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष धर्वेन्द्र झाले प्रदेश २ मा उखु किसानहरु वर्षौदेखि उखुको रकम भुक्तानी नपाएर पिडित भएको अवस्थामा मानवअधिकारकर्मीहरुले समेत आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । मानवअधिकारवादी संघसंस्थाले अध्ययन गरेर प्रस्तुत गर्ने सार्वजानिक गर्ने गरेको प्रतिवेदनमा राज्यपक्षले उदासिनता देखाउँदै आएकाले सरकारलाई दवाव दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश २ का इन्सेक संयोजक राजु पासवानले प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष प्रारम्भिक चरणमै घटनामा वृद्धि भएको बताउनुभयो । मानवअधिकार उल्लंघनका घटनाको सहि तथ्याङ्क संकलन गर्न हामी पिडितको घरदैलोमै पुगेर घटनाबारे जानकारी लिदै आएको बताउनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In