
धनुषा,०७९ माघ २५ गते । धनुषाको नगराइन नगरपालिका–1 हाँसपट्टीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयका २ सय ५३ जना विद्यार्थीलाई न्यानो कपडा माघ २५ गते सहयोग गरिएको छ ।
kids of Kathamandu को पहलमा nepalease student association florida state university को सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट प्रदान गरिएको हो । माघ २५ गते विद्यालयमा संस्थाका प्रतिनिधीहरु आएर विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको विद्यालयका प्रधानाध्यापक अशोक साहले बताउनुभयो ।

यस विद्यालयमा अधिकांश अध्ययनरत विद्यार्थी दलित, सिमान्तकृत, विपन्न परिवारका विद्यार्थी भएकाले न्यानो कपडा अभावमा विद्यार्थीहरुलाई शिक्षकहरुले घाम ताप्दै पढाउनु परेको छ । चिसो मौसममा पढ्न आउने गरिब, दलित, विपन्न परिवारका विद्यार्थीहरुले न्यानो कपडा लगाएर आउन नसकेकाले बाहिर घाम ताप्दै पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक साहले बताउनुभयो ।
जनकपुर लगायत तराइका जिल्लामा जाडो बढेसँगै शीतलहरको प्रभाव पनि बढ्न थालेको छ । न्यानो कपडा किन्न नसक्ने गरिब परिवारका लागि जाडोसँग बढ्ने शीतलहर ठूलो चुनौती बन्ने गरेको छ । शीतलहरकै कारण तराईमा वर्षेनी ज्यान गुमाउनेहरुको संख्या पनि ठूलै छ ।

चिसो र शीतलहरका कारण विद्यालय जाने कलिला बालबालिकाहरु ठूलो कष्ट उठाउन बाध्य देखिन्छन् । अहिले जनकपुरका विपन्न समुदायका विद्यार्थीहरु खाुल्ला चौरमा घाम ताप्दै पढिरहेका छन् । बाहिर पढ्दा न्यानो कपडा नहुनेले घाम तापेर न्यानो पाउने भएकाले त्यसो गरिएको शिक्षकहरु बताउँछन् ।
