चिनी मिलले किसानलाई उखुको रकम भुत्तानी नगर्दा गुड (मिठ्ठा) बनाउन व्यस्त

जनकपुरधाम
धनुषाको उत्तरवर्ती क्षेत्रका किसानहरुको आम्दानीको एक मात्र स्रोत नगदेवालीको रुपमा उखु खेती रहेको छ । प्रदेश २ को ८ वटै जिल्लाको उत्तरवर्ती क्षेत्र महेन्द्रराजमार्गको वरिपरि पानी अभावले गर्दा धान र गहु फलाउन किसानलाई सिंचाई समस्या हुदै आएकाले अधिकांश किसान उखु वाली गर्दै आएका छन् ।
वर्षभरिको आम्दानीको एक मात्र स्रोत उखु बेचेर घर परिवार पाल्नु पर्ने बाध्यता पनि छ, धनुषाका उत्तरवर्ती क्षेत्रका किसानलाई, तर त्यही उखु चिनी मिलले खरिद गरेर वर्षौसम्म रकम भुत्तानी नगरिदा आफुहरुलाई निकै समस्या हुदै आएको बटेश्वर गाउँपालिका १ चित्रपुरका अगुवा किसान नेता रामउदगार महतोले गुनासो गरे ।
चिनि मिलले किसानबाट सस्तो दरमा उखु खरिद गर्छ, हामीलाई उखु उत्पादन गर्न निकै लगानी लगाउनुपर्छ तर बेचेको उखुको रकम तत्कालै नआउँदा चिनी मिलसम्म लैजान लाग्ने खर्च पनि तिर्न समस्या हुदै आएको बटेश्वर गाउँपालिकाकै किसान विन्देश्वर महतो बताउँछन । उनले भने हामीलाई अहिले निकै समस्या छ, चिनी मिललाई उखु बेचेर महिनौ हैन वर्षौसम्म पैसा नदिदा घरव्यवहार चलाउन समस्या मात्रै हैनन् कि अर्को पल्टको लागि खेतमा उखु रोप्न पनि लगानी गराउन क्रटण लिनुपर्ने बाध्यता हुन्छ । किसानको समस्या, पिडा र मेहनत त सरकारले हेर्छ न त चिनी मिलका उद्योगीले । त्यसैले हामीले सक्दो यस पटक आफनो खेतवारीमा लगाएका उखु क्रसिङ गरेर गुड (मिठ्ठा ) बनाउन लागेका छौ ।


यता, विगहौ खेतमा उखु लगाएका बटेश्वर १ कै किसान दिलिप महतो भन्छन, उखु पेल्नकै लागि आफुले क्रसिङ मेशिन खरिद गरेका छौं, यसमा आफु पनि क्रसिङ गरेर मिठठा (गुड) बनाउँदै आएका छौ भने छिमेकीहरुले समेत यहाँ क्रसिङ गरेर मिठठा तयार गर्ने गरेको महतोले बताए ।
उनले भने अहिले दिन रात मेरो क्रसिङमा किसानहरुको भिडभाड लाग्ने गरेको छ, किसानलाई उखु पेल्न भ्याइ नभ्याई भएको छ । चिनी मिललाइ उधारोमा उखु बेच्नुभन्दा अलि थोरै मेहनत गरेपछि तत्कालै मिठठा बेचेर नगद आम्दानी लिन सकिन्छ । अहिले किसानहरुको घर आगंनमै समेत आएर व्यापारीहरुले गुड(मिठठा) खरिद गर्ने गरेकाले गर्दा थोकमा बेच्न समेत किसानलाई सहज भएकाले गर्दा किसानहरु चिनी मिललाई उखु नबेचेर क्रसिङ गर्दै मिठठा (गुड) बनाउन आकर्षिभ भएको बटेश्वर गाउँपालिकाका अर्का किसान तथा क्रसिङ व्यवसायी सहदेव महतो बताउँछन ।
किसानहरुले १ क्विन्टल उखु क्रसिङ गर्दा १० किलोको हाराहारीमा गुड (मिठठा) तयार हुने गरेको छ । उखु क्रसिङ गरेवापत क्रसर संचालकले तयार भएको प्रति किलो गुडको ७ देखि ८ रुपैया सेवा शुल्क लिने गर्दछ । त्यसैले १० क्विन्टलमा एक क्विन्टल गुड तयार गर्ने किसानले ७ सय देखि ८ सयसम्म क्रसर संचालकलाई सेवा शुल्क दिनुपर्ने हुन्छ भने बजारमा प्रति किलो गुड अहिले ४८ देखि ५० रुपैया प्रतिकिलो बेच्ने गरेको छ । उखुको सिजन समाप्त हुदाँ गुडको मुल्य बढने गरेको छ । अहिले नै जनकपुर बजारमा गुड प्रति किलो ८० देखि ९० रुपैयामा खुद्रा बेचिन्छ ।
चिनिलाई बेच्दा उधारो भएपनि मेहनत गरेर भएपनि तत्कालै नगद आम्दानी लिनका लागि किसानले बाध्य भएर क्रसिङ गर्नु गरेको बटेश्वर १ का किसानहरु बताउँछन । स्थानिय नेपाली काग्रेसका क्षेत्रिय नेता समेत रहेका किसान रामउदगार महतोका अनुसार साढे ५ सयसम्म चिनी मिलले किसानसंग उखु खरिद गरे त्यही राम्रो हो, तर किसानलाई भुक्तानीमा ढिलो हुदै भएकाले क्रसिङ गर्नुपर्ने किसानको बाध्यता रहेको छ । दीपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार