नेकपाले छान्यो राष्ट्रिय सभाका १६ उम्मेदवार (नामावलीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

शुक्रवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो ।

राष्ट्रिय सभामा रिक्त भएका १९ पदमध्ये एउटा मनोनित गरिने छ भने १८ पदमा निर्वाचन हुँदैछ । १८ मध्ये २ सिट नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा)का लागि छाडेको छ ।

यी हुन् नेकपाले छानेका उम्मेदवार –

प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

गण्डकी प्रदेश
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

कर्णाली प्रदेश
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट

धेरै पढिएको

ताजा समाचार