• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

राष्ट्रियसभा सदस्यको २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १९, २०७६, ५:४८ PM
0
राष्ट्रियसभा सदस्यको २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदै

राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ ।

उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्र्ने कानूनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।

राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

को–कसको पूरा हुदैछ दुईवर्षे कार्यकाल

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । उनिहरूको आगामी फागुन २० गते कार्यकाल सकिनेछ ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् ।
राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

यो निर्वाचनमा पहिलो हुने निर्वा्चित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् ।

सङ्घीय संसद्को माथिल्लो सभाका रूपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने/गराउने कार्यमा सबैको सहयोग र सहभागिताका लागि आयोगले अनुरोध गरेको छ । रासस

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

9 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In