• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

छोरी शिक्षा विमा शिविरमा सहयोग गर्ने सरोकारबालाको प्रतिबद्धता

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १९, २०७६, ५:५७ PM
0
छोरी शिक्षा विमा शिविरमा सहयोग गर्ने सरोकारबालाको प्रतिबद्धता


जनकपुरधाम, १९ पुस ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत माघ २ गतेदेखि शुरु हुन लागेको छोरी शिक्षा विमा शिविर सप्ताहमा सहयोग गर्नको लागि सरोकारबालाहरुले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति धनुषाको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारबालाहरुले सप्ताहव्यापी शिविरमा सहयोग गर्ने बताएका छन् । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको सभापतित्वमा भएको कार्यक्रममा महिलाअधिकारकर्मी उर्मिला यादवले शिविरमा स्वयम्सेवकको रुपमा महिला अधिकारकर्मी खटिने प्रतिबद्धता जनाउनुभयो । 
उर्मिलासँगै सुधा कर्णले पनि वडास्तरमै शिविर संचालन गर्नुपर्ने सुझाव दिदै यो अभियानमा स्वयमसेवकको रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अप्रवासी नेपालहरुको संस्थाकी धनुषा अध्यक्ष कौशल्या सिंहले पनि शुरु हुन लागेको साताव्यापी शिविरको प्रशंसा गर्दै सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले पनि शिविरलाई प्रभावकारी तरिकाले संचालन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले छोरी शिक्षा विमा शिविर प्रभावकारी रुपले संचालन गर्ने बताउनुभयो ।  सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले छोरी सुरक्षाको लागि प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको बताउनुभयो । 
२०७५ साल माघ १ गतेदेखि जन्मेको बालिकाहरुको विमा गर्ने कार्यमा सहयोगको लागि उहाँले धनुषासहित प्रदेशका पालिका प्रमुखहरुलाई आग्रह गर्नुभयो । प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बेटी पढाउ, बेटी बचाउ अभियानको उद्येश्य र छोरी विमा कार्यक्रमबारे प्रकाश पार्नुभयो । कार्यक्रममा प्रदेश सांसद चमेली दास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकर सुवेदी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, बेटी पढाउ, बेटी बचाउ अभियानकी संयोजक प्रियंका यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिविर संचालन गर्नको लागि पालिका प्रमुखहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पचास हजारको चेक बुझाएका थिए । यसअघि सप्तरी र सिरहा जिल्लामा छोरी शिक्षा विमा शिविर सप्ताह संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पुस २० गते वीरगंज र २१ गते बारामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

सम्बन्धित समाचार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
राष्ट्रिय

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

२०७९/१०/२४
नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In