मैथिली विकास कोषको अध्यक्षमा चौधरी सर्वसम्मत

धनुषा । ०७६ पुस १९ गते
मैथिली विकास कोषको अध्यक्षमा जीवनाथ चौधरी सर्वसम्मत चयन भएका छन् । मैथिली विकास कोषको जनकपुरधाममा आयोजित १७ औं साधारणसभाबाट अध्यक्षमा पुनः चौधरीलाई सर्वसम्मत चयन गरेका हुन् ।
कोषको सदस्य सचिवमा श्याम सुन्दर शशी चयन भएका छन् । नव निवार्चित कोषको सदस्यहरुमा नवीन कुमार मिश्र,नित्यानन्द मण्डल, सुजीत कुमार झा, विष्णुकान्त मिश्र, रामचन्द्र दास, पूनम झा मैथिल, श्रीमति अनिता रानी मण्डल सर्वसम्मत चयन भएका छन् । मैथिली विकास कोषले मैथिली भाषा, संस्कृति, पहिचानको संरक्षण, सम्वद्र्धन, उत्थानलगायको सवालमा काम गर्दै मैथिल अभियानमा लागेकाहरुलाई सम्मान गर्दै आएका छन् ।

धेरै पढिएको

ताजा समाचार