
धनुषा । ०७६ पुस १९ गते ।
धनुषा प्रहरीले नेपाल सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द्र (विप्वल) का नेता आदम राइनलाई पुस १६ गते गिरफतार गरेको धनुषाका एसपी रमेशकुमार बस्नेतले पुष्टि गर्नुभएको छ । राइनलाई धनुषाको पूर्वी ग्रामिण क्षेत्रबाट गिरफतार गरिएको भनिए पनि प्रहरीले कहाँबाट समातिएको भन्ने बारे प्रष्ट गरेको छैन् । एसपी बस्नेतले भन्नुभयो आदम राइनलाई समातिएको छ, अनुसन्धान भई रहेकाले गर्दा अहिले नै सवैकुरा बताउन सकिन्न, घटनामा अझै सलग्न हुनेहरुको खोजी हुदैछ ।
धनुषा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका आदम राइनलाई प्रहरीले महेन्द्रनगरमा भएको बम बिष्फोट घटनाको मूख्य योजनाकार रहेको ठम्याई छ । महेन्द्रनगरमा मङ्सिर २७ गते राति १२ः१० बजे राजेश साहको घरको ढोकामा राखिएको कुकर बम विस्फोटमा परेर ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका हुन् ।
घटनापछि मुख्य योजनाकार मानिएका विप्लव समुहका नेता आदम राइनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राख्दै खोजी गर्दै आएका थिए ।
अभियुक्त राइन विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्य रहेको प्रहरीले दावि गरेको छ । गिरफतार गरिएको राइनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा राखेर अनुसन्धान भई रहेको धनुषाका एसपी रमेशकुमार बस्नेतले जानकारी दिनुभएको छ ।
प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको बुझिएको छ । बम विष्फोटमा परेर घरमुलि राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल समेतको ज्यान गएको थियो भने २ जना घाइतेको उपचार भएका थिए ।
दिपेन्द्रप्रसाद सिंह