
०७६ पुस २० गते ।
जनकपुरस्थित आन्तरिक राजश्व जनकपुरको कार्यालयमा सेवाग्राहीहरुले तालाबन्दी गरेका छन् । कार्यालयका कर्मचारीहरुले सेवाग्राहीको काम समयमा कार्यसम्पादन नगरेको भन्दै सामाजिक अभियन्ता पुजा पासवानको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको छ ।
कर तिर्न कार्यालयमा १२ बजे आएर लाइनमा बसेका सेवाग्राहीले पालो नपाउँदै १ बजे काम छाडेर खाजा खान गएका कर्मचारीहरु ४ बजेसम्म पनि कार्यालयमा नआएपछि कार्यालयको मुल गेटमै तालावन्दी गर्नुपरेको जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने पूजा पासवानले बताईन् ।
आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख जय बहादुर भण्डारीले अहिले पुस मसान्तको समयमा कार्यालयमा कर तिर्ने सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै कुनै पनि कर्मचारीलाई विदा समेत नदिने गरेको तर खाजा खान गएका कर्मचारी ४ बजेसम्म नआएको बारेमा आफुले सम्बन्धित फाँटवाला कर्मचारीसंग सोधपुछ गर्दै गरेको बताएका छन् । जनताले कर तिर्न आउँदा आफुहरुले छिटो छरितो रुपमा चाँडै कार्यसम्पादन गर्ने गरेको कार्यालय प्रमुखख भण्डारीले दावि गरेका छन् ।