प्रदेश २ मा वार्षिक सम्पादन भेला सुरु

धनुषा । ०७६ पुस २२ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक सम्पादन भेला सुरु भएको छ । पुस २२ गते जनकपुरधामस्थित होटल सिता प्यालेसमा प्रदेश २ का जिल्ला प्रतिनिधीहरुले जिल्लामा मानवअधिकारसंग सम्बन्धित घटेका घटनाहरुको अभिलेखीकरण गर्दै आएका घटनाहरु वर्ष पुस्तकमा राख्नका लागि २०७५ पुस १७ गतेदेखि २०७६ पस १५ गतेसम्म घटनालाई सम्पादन गर्न वार्षिक भेलाको आयोजना गरिएको छ ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको अध्यक्षता तथा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौत्तमको विशेष आतिथ्यमा वार्षिक सम्पादन भेलाको सुरुवात गरिएको छ । सम्पादन भेलामा इन्सेक केन्द्रिय कार्यालयबाट गोविन्द प्रसाद त्रिपाठी, रमेश तिम्लिसिना र प्रदेश ३ का कार्यक्रम संयोजक गणेश भण्डारीलगायत प्रदेश २ का ८ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

वार्षिक सम्पादन भेलाको सुभारम्भ गर्दै विशेष अतिथी कृष्ण गौत्तमले १९९२ सालदेखि प्रत्येक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकाले गर्दै आएकाले समयपरिवेश अनुसार यसको गुणस्तरियता र विगतको अनुभवले परिस्कृत गर्दै आएको बताउनुभयो । नेपालमा मानवअधिकार उल्लघंटनदेखि लिएर सामाजिक, आर्थिक र सांस्कृतिक सवालमा नेपाल सरकारबाहेक हामी इन्सेक पहिलो संस्था हो जसले वर्षेनी वर्ष पुस्तकमार्फत घटनाहरुको तथ्याङ्क राख्दै आएको बताउनुभयो ।
प्रदेश २ का संयोजक राजु पासवानले प्रदे २ मा महिला र बालबालिकाहरु बढी हिंसा र घटनाका सिकार हुदै आएको रेकर्ड देखिएकाले गर्दा हिंसामा परेका बालवालिकाहरुको तत्कालै उद्धार गरि सुरक्षित साथ राख्न तथा कानुनी सहायताको लागि सेफ हाउसको प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा कमी रहेको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार