नेपाल चेम्वर अफ कमर्सको प्रदेश २ अध्यक्षमा ठाकुर चयन

धनुषा । ०७६ पुुुस २३ गते
जनकपुरधाम ।
नेपाल चेम्बर अफ कमर्सको प्रदेश २ अध्यक्षमा न्यु महालक्ष्मी ज्वेलर्सका प्रोपाइटर पवन ठाकुर चयन भएका छन् । चेम्बर अफ कमर्सको केन्द्रिय कार्यालयले प्रदेश २ को अध्यक्षमा ठाकुर चयन गर्दै पठाएको पत्र नेपाल चेम्बर अफ कमर्सले एक कार्यक्रमको आयोजना गर्दै पत्र हस्तान्तरण गरेका छन् । धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य विजय कुमार साहले सो पत्र प्रदेश २ का अध्यक्षमा चयन भएको पत्र प्रदान गरेका हुन् ।
प्रदेश २ को अध्यक्षको जिम्मेवारी पाएका पत्र पाएपछि जनकपुरका निकै मेहनती र इमान्दार समाजसेवी नवनियुक्त अध्यक्ष पवन ठाकुरले नेपाल चेम्बर अफ कमर्सको केन्द्रिय कार्यालयले आफुमाथि गरेको विश्वास र दिएको जिम्मेवारी पूर्ण रुपमा वहन गर्दै उद्योगी, व्यवसायी र व्यापारीहरुको हकहितका लागि तत्पर रहने बताएका छन् । उनले भने प्रदेश २ मा उद्योगीहरुको एक नम्बरको संस्था नै नेपाल चेम्बर अफ कमर्स हुने बताए ।
धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले केन्द्रिय कार्यालय गठन भएको ७० वर्षको अवधिमा धनुषा शाखा गठन भएको एक वर्षमै राम्रो सफलता हासिल गरेको दावि गरेका थिए । उनले भने धनुषा शाखाले उद्योगी, व्यवसायी र व्यापारहरुको हकहितको लागि आफनो आवाज उठाउनुको साथै व्यापार, व्यवसाय फस्टाउन सहयोग गर्ने बताए । उनले भने धनुषा चेम्बर अफ कमर्सले समाजसेवामा समेत आफनो जिम्मेवारी निर्वाह गर्दै आएकाले हाम्रो संस्था एक वर्षमै सवै उद्योगी व्यवसायीहरुको लागि लोकप्रिय हुदै गएको बताएका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका ७ का अध्यक्ष जानकीराम साह, गौ संरक्षण मंचका अध्यक्ष जगदिश महासेठलगायतका वक्ताहरुले आफनो धारणा राख्दै नेपाल चेम्बर अफ कमर्सप्रति उद्योगी,व्यवसायीको साथै आम जनताको विश्वास बढ्दै गएको बताएका थिए ।

धेरै पढिएको

ताजा समाचार