• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्याजको मूल्यको घट्यो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २४, २०७६, ४:५७ PM
0
प्याजको मूल्यको घट्यो

‘भारतीय बजारमा नयाँ प्याज आएपछि प्याजको मूल्य घटेको छ । जनकपुरको बजारमा केही समयअघि प्रति किलो २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ । भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो । भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ । भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ । आजको मूल्य सूचीअनुसार औसतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ । यस्तै, थोक बजारमा चिनियाँ प्याजको औसत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।


‘भारतले प्याजमा गरेको प्रतिबन्ध फुकुवा नगरे पनि केही खुकुलो भएको छ । त्यसैले उता मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो । यही हप्ताको आइतबारसम्म २०र२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको श्रेष्ठले बताए । विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो । बाँकी नेपाली प्याज थियो । भारतबाट आउने प्याज निरन्तर बढेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० भारु रहेको प्याज अहिले ७० भारुमा झरेको छ ।


एसियाकै सबभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ। भारतीय संचार माध्यमकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ । नासिकमा पछिल्लो केही दिनमा प्याजको मूल्य प्रति क्विन्टल ४ हजार भारुसम्म घटेको छ। संचार माध्यमहरूले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन् । मूल्य घट्ने शंकाले किसानहरू प्याज बेच्न हतार गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In