
०७६ पुस २५ गते
बागमती नगरपालिका–५ राजघाटकी पुर्णिमा मोक्तानको हत्याको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पुस २३ गते गिरफतार् गरेको छ । धनुषाको लालगढ स्थित मोडेल अस्पतालमा उपचार गराईरहेको अवस्थामा मोत्तानको हत्या घटनामा सलग्न आरोपमा ३२ वर्षीय ढकबहादुर खपांगीलाई गिरफतार् गरिएको जिल्ला प्रहरी कार्यालय सलार्हीका एसपी विश्वमणी पोखरेलले जानकारी दिनुभएको छ । खपांगी ना.४च २५६३ नम्बरको बोलेरो जीपका चालक हुन् ।
बागमती नपा– ५ राजघाटको टेकानी स्थित बुढी बागमतीको बगरमा ०७६ पुस २१ गते २६ वर्षिय मोक्तानको शव नदीको खरबारीमा फेला परेको थियो । माईतीघर बागमती नगरपालिका वडा नं. ५ टेकानीमा बस्दै आएकी मोक्तान गत १८ गते रातीबाट बेपत्ता भएकी थिइन् । ०७६ पुस २२ गते प्रहरी कार्यालयमा उजुरी दिएका पिडित परिवारले प्रहरीलाई उनको खोजी गरि दिन भन्दै उजुरी दिएका थिए । शव फाल्नका लागि बागमति नदिमा जिप चलाएको निशान देखिएको छ ।
बुधन साह