रौतहटमा यसरी पल्टियो टयाक्टर, तीनको मृत्यु

रौतहटमा शुक्रवार छुट्टाछुट्टै ठाउँमा ट्याक्टरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
रौतहटको गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोकमा बिहीबार राति ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका माधवनारायण नगरपालिका–६, माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सुशील ठाकुरको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताएका छन् । ठक्कर दिने टयाक्टर चालक सन्तोष साह प्रहरी नियन्त्रणमा छन्।

बिहीबार राति नै वृन्दावन नगरपालिका–७ धमौरास्थित गौर–चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहातर्फ गइरहेको ना७च ६१६९ नम्बरको ट्याक्टरको ठक्करबाट देवाही गोनाही नगरपालिका–४ का वर्ष ३५ की मिरादेवीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर भएकी पैदलयात्रु मिरादेवीको उपचारको क्रममा सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टयाक्टर चालक बाराको पचरौता नगरपालिका–४ का २८ वर्षीय गुडु यादवलाई इलाका प्रहरी कार्यालय, गरुडाले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, रौतहटको कटहरिया नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा उखु लिएर गएको ना१त ४१४० नम्बरको ट्याक्टरले किचेर अन्दाजी ३५ वर्षीय एक जनाको मृत्यु भएको छ भने मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

धेरै पढिएको

ताजा समाचार