• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

साहसिक पत्रकार उमा सिंहको ११औं स्मृति दिवस सम्पन्न, पत्रकार अध्ययनशिल हुनुपर्ने प्रदेश सांसद यादवको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २७, २०७६, ८:२६ PM
0
साहसिक पत्रकार उमा सिंहको ११औं स्मृति दिवस सम्पन्न,  पत्रकार अध्ययनशिल हुनुपर्ने प्रदेश सांसद यादवको भनाई

०७६ पुस २७ गते ।
साहसिक पत्रकार उमा सिंहको ११ औं स्मृति दिवस जनकपुरमा मनाइएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजना गरिएको छ । स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष समेत रहेका प्रदेशसभा सांसद रामआशिष यादव पत्रकार अध्ययनशिल हुनुपर्ने बताएका छन् । पत्रकारहरु सवै कुराको ज्ञाता हुने गरेको आम नागरिक र पाठक,दर्शक र श्रोताको बुझाई रहने भएकाले गर्दा समेत हामी पत्रकारहरु आफनो कार्यदक्षतालाई अभिवृद्धि गर्दै लैजानुपर्ने बताएका हुन् । उनले भने सत्ताधारी सरकारले जहिले पनि मिडियालाई आफनो अन्डरमा राख्ने प्रयास गर्दै आएकाले गर्दा हामी अध्ययनशिल र जिज्ञासु भएको खण्डमा आफनो कक्षा,क्षमता र दक्षताले गर्दा लुकेका र लुकाउने प्रयास गरिएका घटना समाज समक्ष ल्याउन सक्ने बताएका थिए । पत्रकारहरु समाजको ऐना भएकाले गर्दा निर्भिकताका साथ धैर्यता गम्भिरता र पत्रकारिताको मर्यादाभित्र रहेर पत्रकारिता गर्न आग्रह गरेका छन् ।


स्मृति दिवसको अवसरमा वरिष्ठ पत्रकार विएम खनालले देश संघियतामा गएपछि गठन भएका नजिकको स्थानिय सरकार र प्रदेश सरकारले जनताले पाउनुपर्ने सुचनाको हकमा अझै कडाई गरेको भन्दै आक्रोश पोखेका छन् । उनले भने स्थानिय सरकार नजिकको सरकार भएकाले त्यहाँ हुने गरेका गतिविधी र कामको वारेमा सहजै रुपमा सुचना दिन अग्रसर हुनुपर्नेमा उल्टै जालझेल गरि सुचना र प्रतिक्रिया लिन केही समय अघि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्ष पुगेका केही पत्रकारमाथि कुटपिट हुनु समग्र रुपमा स्वतन्त्र पत्रकारिताप्रति हस्तक्षेप भएको बताएका छन् ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहले उमा सिंहको कार्यरतापूर्वक हत्या गर्ने हत्यारा गरिनु प्रेस जगतको लागि संक्रमणकालिन अवस्थाको सृजना भएको थियो, तर अहिले पनि जनकपुरका संचारजगतका लागि त्यो संक्रमणकालिन अवस्था आज पनि त्यस्तै रहेको बताएका छन् । जनकपुरकै पत्रकारहरुमाथि जनकपुरधाम उपमहानगरपालिकाका मेयरको कार्यकक्षमा कुटपिट हुनु दुर्भाग्यपूर्ण रहेको बताएका थिए ।


स्मृति दिवसको अवसरमा बरिष्ठ पत्रकार माधव आचार्यले पत्रकारहरुले समाजमा लुकेका छुपेका कुराहरुको खोजी गरेर मिडियामार्फत पस्कने भएकाले यस कार्यबाट कुनै व्यक्तिलाई भयभित नहुन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अजय अनुरागीले जनकपुरधाम उपमहानगरपालिकाका मेयरकै निर्देशनमा पत्रकारमाथि कुटपिट भएकाले हामी संचार जगत भयभित भएको बताएका थिए । पत्रकारहरुलाई सहजै रुपमा सुचना दिन आनाकानी गर्दै आएकाले गर्दा हामीले लिखित रुपमै सुचना माग्न निवेदन दर्ता गराउनुपरेको बाध्यता रहको बताएका थिए । उनले भने पत्रकारमाथि कुटपिट गर्नेहरुको पहिचान गरि कारवाही गर्न हामीले स्थानिय प्रशासनमा दिएको ५ दिने अल्टिमेटम समेत आइतवार समाप्त भएकाले गर्दा सोमवारदेखि सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।
स्मृतिसभा कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष धर्वेन्द्र झा, मनिका झा, सचिव पुरण साह, कोषाध्यक्ष अवधेश कामत, प्रेस संगठनका केन्द्रिय सदस्य दिपेन्द्रप्रसाद सिंह, प्रेस संघका धनुषा अध्यक्ष अर्जुन मण्डल, मधेशी पत्रकार समाजका धनुषा अध्यक्ष सुभाष कर्णलगायतका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

स्थानीय रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा खाना पकाइरहेकी बेला अपराधीले धारिलो हतियार प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

7 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

8 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In