• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पूर्वस्वास्थ्यमन्त्री यादवको विदेश भ्रमण खर्च कति ?

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २९, २०७६, १२:११ PM
0
पूर्वस्वास्थ्यमन्त्री यादवको विदेश भ्रमण खर्च कति ?

 भूमिराज पिठातोली

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको विदेश भ्रमण निकै चर्चाको विषय बन्यो । विदेश भ्रमणमै रहेका बेला राष्ट्रपतिले मन्त्रीमण्डल पुनः गठन गरेपछि यो विषय झनै तात्यो । कारण थियो- उनी विदेश जाँदा स्वास्थ्यमन्त्रीको हैसियतमा थिए, फर्किंदा कानुनमन्त्री ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जानकारी र सल्लाहबिनै यादवको मन्त्रालय परिवर्तन गरेका थिए । उपप्रधानमन्त्रीसमेत बनेर सत्ताको स्वाद लिइरहेका यादवले यो तनाव थेग्न सकेनन् र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री ओलीलाई गाली गर्दै सरकारबाट फिर्ता भए । सरकारलाई उनको बहिर्गनमले कुनै असर पर्ने थिएन र परेन पनि । बरु सरकारमा रहँदा पनि कुनै काम गर्न नसकेको र विदेश भ्रमणमात्रै केन्द्रित भएको आरोप उनले अहिले पनि खेपिरहेका छन् ।
हुन पनि कुनै एउटा प्रशंसनीय काम नगरीकन यादवले सरकारमा करिब १८ महिना गुजारेका छन् । स्वास्थ्य मन्त्रालयको बागडोर सम्हालिरहँदा उनलाई आफ्नो जिम्मेवारीभन्दा विदेश भ्रमण प्यारो थियो । डेँगु संक्रमणका कारण नागरिक त्रसित भइरहँदा होस् या दुर्गमका नागरिकले प्यारा सिटामल अभाव खेपिरहँदा पनि उनको प्राथमिकता विदेश नै रह्यो ।
कहाँ गयो १० लाख ?
पूर्वमन्त्री यादवले डेढ वर्षमा दर्जनौं पटक विदेश भ्रमण गरेका समाचार सञ्चार माध्यममा ‘हट केक’ बने । तर, स्वास्थ्यमन्त्री यादवको वैदेशिक भ्रमणसम्बन्धी स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणमा उनी सात पटक आठ वटा कार्यक्रममा नेपाल सरकारले खर्च व्यहोर्ने गरी विदेश गएको पाइएको छ ।
२०७५ जेठ १८ गतेदेखि २०७६ मंसिर ५ गतेसम्म स्वास्थ्य मन्त्रालय सम्हालेका यादवको विदेश भ्रमण मोहकै कारण आलोचना बढेको हो । जम्बो टोली लिएर जान्थे । सचिव, सहसचिव र उपसचिवले मात्रै सहभागिता जनाउँदा हुने कार्यक्रममा पनि उनी आफैं जाने गरेका थिए, त्यो पनि मन्त्रिपरिषदबाट स्वीकृत गराएर ।
यादवले नीतिगत भ्रष्टाचार मात्र गरेका छैनन् । न्युज कारोबारलाई प्राप्त विवरणमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको रकम नै फरक फरक छ । स्वास्थ्य मन्त्रालयले यादवको कुल विदेश भ्रमण खर्च २८ लाख ४१ हजार ३३८ रुपैयाँ भएको विवरण दिएको छ । जबकि, त्यति नै कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट ३८ लाख ८१ हजार ७०७ रुपैयाँ निकासा भएको छ । कहाँ गयो साढे १० लाख ?
भ्रमण कहाँ, खर्च कति ?
स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरणअनुसार २०१८ सेप्टेम्बर २ देखि ८ तारिखसम्म भारत भ्रमणमा जाँदा मन्त्री यादवले २ लाख ६३ हजार ५६ रुपैयाँ खर्च गरेका थिए । त्यसपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय दक्षिण पूर्वी एसियाको ७१औं सम्मेलनमा जाँदा मन्त्री यादवसहित विशिष्ट व्यक्तिको २ लाख ६३ हजार ५६ रुपैयाँ भ्रमण खर्च भयो । सन् २०१८ अक्टुबर ८ देखि ११ सम्म बेलायतमा रहँदा यादवले ३ लाख २८९ रुपैयाँ खर्च गरे ।
उनी अक्टुबरमै पटक पटक विदेश गए । २०१८ अक्टुबर २४ देखि २७ तारिखमा कजाकस्तान र अक्टुबर २९ देखि नोभेम्बर २ सम्म स्विट्जरल्यान्ड भ्रमणमा निस्किँदा ११ लाख २१ हजार ५३८ रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सन् २०१९ फेब्रुअरी २४ देखि २७ सम्म पुनः ग्लोबल डिजिटल स्वास्थ्य साझेदारीको चौथो शिखर सम्मेलनमा सहभागी हुन भारत जाँदा उनले २ लाख १ हजार ७०२ रुपैयाँ खर्च गरेका थिए ।
यादव फेरि मे महिनामा १९ देखि २३ तारिखसम्म दोस्रो पटक जम्बो टोलीसहित स्विट्जरल्यान्ड भ्रमणमा निस्किए । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार त्यसपटकको भ्रमणमा ५ लाख ५ हजार ९३९ रुपैयाँ खर्च भयो । सेप्टेम्बर १ देखि ७ सम्म भारतको नयाँ दिल्लीमा आयोजित दक्षिण-पूर्वी एसियाली राष्ट्रहरुका लागि विश्व स्वास्थ्य संगठनले आयोजना गरेको कार्यक्रममा भाग लिन जाँदा २ लाख ३६ हजार ४६ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नोभेम्बर १८ देखि २२ सम्म फेरि अर्कोपटक उनी भारत भ्रमणमा निस्किए । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रमका लागि २ लाख ३९ हजार ७६८ रुपैयाँ निकासा गरिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीवास्तवले जानकारी दिए ।
फरक-फरक तथ्यांक
मन्त्रिपरिषदबाट स्वीकृत यी भ्रणणको खर्च सरकारले व्यहोरेको छ । तर, स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरण र अर्थ मन्त्रालयबाट निकाशा भएको रकममा भने १० लाख रुपैयाँ अन्तर छ ।
सन् २०१८ सेप्टेम्बर २ देखि ८ तारिकमा नयाँ दिल्ली भ्रमणमा जाँदा २ लाख ६३ हजार ५६ रुपैयाँ खर्च भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराए पनि अर्थबाट भने ४ लाख २० हजार ५३० रुपैयाँ निकासा भएको पाइएको छ ।
त्यस्तै अक्टुबर ८ देखि ११ सम्ममा लन्डनमा रहँदा ३ लाख २८९ रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराए पनि अर्थबाट ५ लाख ४ हजार ३११ रुपैयाँ निकासा भएको छ ।
सन् २०१९ मे १९-२३ सम्म स्विट्जरल्यान्ड भ्रमणमा जाँदा स्वास्थ्य मन्त्रालयले ५ लाख ५ हजार ९३९ रुपैयाँ खर्च भएको विवरण न्युज कारोबारलाई उपलब्ध गराए पनि अर्थ मन्त्रालयबाट ११ लाख ८४ हजार ८१२ रुपैयाँ निकासा भएको छ । खर्च र निकासा रकममा यहाँ ६ लाख ७८ हजार ८७३ रुपैयाँ अन्तर छ । सबै विवरणमा खर्च र निकासामा १० लाख ४० हजार ३६९ रुपैयाँको फरक छ ।
फरक फरक खर्च विवरणबारे स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीवास्तव आफूले लेखाको तथ्यांक हुबहु दिएको र बाँकी कुरा थाहा नभएको बताउँछन् ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In