
अमेरिकाको ‘विशेष हतियार तथा रणनीतिक’ सैन्य समूह स्वाटले हालै आइएस लडाकुका नेता अबु अब्दुल बारीलाई नियन्त्रणमा लिएको थियो। तर भीमकाय शरीर भएका उनी कारमा नअटेपछि उनलाई ट्रकमा राखेर लगिएको स्काइ न्युजले जनाएको छ।
उनको तौल २ सय ५४ केजी भएको बताइएको छ। मोसुल शहरबाट अब्दुललाई नियन्त्रणमा लिइएको थियो। उनकै आदेशमा इराकमा केही विद्वान व्यक्तिहरुको हत्या भएको जनाइएको छ। एजेन्सी