
०७६,माघ ६ गते ।
काठमाण्डौ विमानस्थलबाट जनकपुर आउन लागेको बुद्ध एयर यति एयरका दुई जहाज एक आपसमा ठोकिएको छ । सोमबार विहान त्रिभुवन विमानस्थलमा रोकि राखेको यति एयर र बुद्ध एयरका जहाज ठोक्किएका हुन् । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ । दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताएपछि उडान रद्द गरिएको हो ।