जनकपुर-काठमाडौंको हवाई सेवामा प्रतिस्पर्धा, विमान भाडा ६० प्रतिशत घट्यो

धनुषा, ०७६ माघ ७ गते

काठमाडौँको हवाई उडानमा प्रतिस्पर्धा हुँदै श्री एयरलाइन्सले आफ्नो सेवा दिन थालेपछि भाडादर ६० प्रतिशत घटेको छ । श्री एयरलाइन्सले सेवा सुचारु गरेपछि अहिले भाडा १७ सय रुपैयाँमा झरेको छ । ८० सिट क्षमताको श्री एअरलाइन्सले जनवरी २० देखि नियमित उडान थालेको छ । श्री एयरलाइन्सको सेवा जनकपुरमा थप भएसँगै तीनवटा कम्पनीले सेवा दिन थालेका छन् । यसअघि बुद्ध एयर र यति एयरले हवाई उडान भर्दै आएका थिए ।

श्रीएयरलायन्सले भाडादर १७ सय रुपैयाँ कायम गरेपछि बुद्ध एयरले समेत आफ्नो ७२ सिट क्षमताको जहाजबाट उडान भर्ने भन्दै प्रति यात्रु १९ सय रुपैयाँ भाडादर कायम गरेको बुद्ध एयरका जनकपुर म्यानेजर विजयप्रसाद सिंहले जानकारी दिए । जनकपुरबाट २५ मिनेटको यात्रा गराउँदा यसअघि बुद्ध एयर र यति एयरले तीन हजार ४ सयदेखि ४ हजार ९ सयसम्म प्रतियात्रु भाडा लिँदै आएको थियो ।

जनकपुरबाट दैनिक बुद्ध एयर ६ पटक उडान गर्दै रात्रिकालीन सेवाको समेत सम्पूर्ण तयारी पूरा भएको बुद्ध एयरका जनकपुर म्यानेजर सिंहले बताए । उनले भने, ‘अब बुद्ध एयरले जनकपुरमा रात्रिकालिन उडान समेत गर्नेछ ।’

धेरै पढिएको

ताजा समाचार