
धनुषा, ०७६ माघ ११ गते ।
जनकपुरधाममा प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल तथा युवा अभियानीहरुको उपस्थितिमा चलिरहेको साप्ताहिक रेल्वे ट्रयाक सरसफाइ अभियानले आज पनि निरन्तरता पाएको छ । ५८ औं शनिबार पीडारी चोकस्थित रेल्वे ट्रयाकसहित तरकारी बजार वरिपरि वृहत्त सरसफाइ गरेका छन् ।

सरसफाइमा कामाख्या परिवार नेपालका अध्यक्ष बिभाष लाभ, राजपाका युवा नेता रमन सिंह,कामाख्या परिवारकी सचिव ललिता लाभ, युवा नेता सुरेश कोइराला, आदित्य ठाकुर, राहुल झा, कपिलदेव अधिकारी, हीरा अधिकारी, दिपक सिंह, सिद्धि मण्डल, नम्रता झा, बाल अभियानी दक्ष झा एवं जनकपुर रेल्वे ट्रयाक साप्ताहिक सरसफाइ अभियानका सम्पूर्ण अभियन्ता, कामाख्या परिवार नेपालका सदस्यहरु, स्थानीय टोलवासी, बुद्धिजीवि लगायत सरसफाइ अभियन्ता, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
सरसफाइ कार्यक्रमको समन्वय मिथि फाउण्डेशन र सोसल इमपावरमेन्ट एण्ड वेलफेयर एसोसिएशन (सेवा) संस्थाका प्रतिनिधिहरुद्वारा गरिएको थियो ।