
धनुुषा, ०७६ माघ १२ गते ।
धनुषाको साविक बरमझिया गाविसका महिलाहरुको आर्थिक सशक्तीकरणको लागि १० वर्ष पहिला आएको रकम जोगाउन भन्दै बरमझियाका बचतकर्ताहरु आन्दोलन भएका छन् । १० वर्ष पहिले बरमझियामा १६ वटा सामुदायिक संस्था गठन गरेर गरिबी निवारण कोषले फिर्ता नलिने गरि ७६ लाख अनुदान दिएको थियो । ७६ लाख रकम समुहका बचतकर्ताहरुलाई ऋण दिएको थियो । समुहका बचतकर्ताहरुले ७६ लाख रकमलाई आन्तरिक रुपमा समुहमा ऋण लगाउँदै १ करोड ३५ लाख रुपैया बनाउन सफल भएका छन् ।
बरमझियाका १६ वटा सामुदायिक संस्थाकी स्वयंसेवक कर्मचारी रूपा सुवेदीले समुहका बचतकर्ताहरुलाई झुक्याएर १७ लाख रुपैया हिनामिना गर्दै सहकारी संस्था बनाएर आफु त्यसको म्यानेजर भएकाले १६ सामुदायिक संस्थामा आवद्ध चार सय महिलाहरु आन्दोलित हुदै गणेशमान चारनाथ नगरपालिकामा आइतवार धर्ना दिएका छन् ।

आन्दोलित महिलाहरुले झुक्याएर बनाएको सहकारी खारेज गर, साविककै सामुदायिक संस्था कायम गर र हिनामिना गरेको रकम फिर्ता गर लगायतका माग राखि गणेशमान चारनाथ नगरमा चर्को नारावाजी समेत गरेका थिए । महिलाहरुको धर्नालाई सम्बोधन गर्दै गणेशमान चारनाथ नगरपालिकाका मेयर रामवावु यादवले सहमति तथा निर्णय विना सहकारीमा गाभिएकाले दुई तिहाइ भन्दा बढि सदस्यले सहकारी खारेज गरि पाउँ भनि नगरपालिकामा दिएको निवेदनले स्थानीय सरकारको कार्यपालिकाको निर्णय बमोजिम खारेज प्रकृया अगाडि बढाएको नगरपालिकाको मेयर रामबाबु यादवले बताउनु भयोे ।

निवेदन दर्ता भएकोले १५ दिनसम्म अनुसन्धान गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरि २३ दिन भित्रभमाम असंवैधानिक रूपमा गठन गरिएको सहकारी खारेज हुने मेयर यादवले बताएको मानवअधिकारकर्मी स्थानिय विनोद महराले जानकारी दिएका छन् ।