
धनुषा, ०७६ माघ १३ गते ।
राजर्षि जनक विश्वविद्यालयमा प्रध्यापक संघले ८ बुन्दे माग राखी तालावन्दी गरेका छन् । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले विश्वविद्यालयलाई पार्टीकरण गर्दै काँग्रेसी तथा नेकपाको रजाई गर्ने थलो बनाएको भन्दै तालाबन्दी गरेको हो ।
विश्वविद्यालयलाई सटरमै सञ्चालन गरि विश्वविद्यालयको साख र गरिमा धुमिल गर्न खोजिएको बिरोधमा तालाबन्दी गरिएको प्रा.डा.विनोद साहले बताएका छन् । प्राध्यापक साहका अनुसार विश्व विद्यालयका पदाधिकारीहरुले श्रोत साधनको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरिरहेका छन् । हामीले विश्वविद्यालयको भौतिक संरचना आवश्यक पुर्वाधार सहित शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सुधार, विश्वविद्यालयको पदाधिकारी,कर्मचारी तथा प्राध्यापकको भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने माग राखेको बताए ।
तराई मधेशको समग्र बिकास अनुरुप दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक तर्जुमा गरी पाठ्यक्रम तथा कार्यक्रम लागू गर्नुपर्ने र उच्च शिक्षा अध्ययन अनुसन्धानका लागि विश्वविद्यालयको गुरुयोजना तयार गर्नुपर्ने लगायतका प्राध्यापक संघले माग गरेका छन् ।
पुस २७ गते बिभिन्न माग सहित उपकुलपति भरत झालाई ध्यानाकर्षण सहित अल्टिमेटम पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रप्रति प्रशासनले सुनुवाई नगरेपछि रजिष्टार, डिन सहितको कार्यालयमा तालाबन्दी गरेको हो प्राध्यापक साहले बताए । क्याम्पसको प्रशासनमा तालाबन्दी भएपछि विश्वविद्यालयका प्रशासनिक कामकाज अवरुद्ध भएको छ ।