• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरको विश्वकर्माचोकको २० घरमा डोजर लगाउने वस्तीको मानवअधिकारकर्मीद्धारा अनुगमन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १८, २०७६, ७:४६ PM
0
जनकपुरको विश्वकर्माचोकको २० घरमा डोजर लगाउने वस्तीको मानवअधिकारकर्मीद्धारा अनुगमन

धनुषा, ०७६ माघ १८ गते ।
जनकपुरको विश्वकर्माचोकस्थित काली माता मंदिरको वरिपरि रहेको ८ कठ्ठा ३ धुरमा बनाइएको घर टहरामा डोजर लगाएर हटाउने लागेको घटनाको मानवअधिकारकर्मीहरुले माघ १८ गते अनुगमन गरेका छन् । गुठिको जग्गामा २० वर्षदेखि घर बनाएर बसोवास गर्दै आएका स्थानिय २० घरमा जनकपुरधाम १३ कुँवारामपुर बस्ने जग्गा व्यवसायी रामदुलार साहले सो जग्गामा आफनो मोहियानी रहेको भन्दै माघ १८ गते दिउँसो १२ बजे वस्तीमा डोजर लगाएर घर टहरा भत्काउन अदालतका कर्मचारी र प्रहरीसहित आएपछि राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मनमाया रानामगर, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहलगायतले वस्तीमा पुगेर घटनाबारे जानकारी लिएका छन् ।


तराई मधेशमा शितलहरको वेलामा वस्तीमा डोजर चलाएर घर टहरा भत्काउँदा २० घरपरिवारका करिव २ सय सदस्य प्रभावित हुने भएकाले स्थानियवासिन्दाहरुले जिल्ला अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरि सकेको अवस्थामा सर्वोच्च अदालतको निर्णय नआउञ्जेल वस्तीमा डोजर नचलाउन मानवअधिकारकर्मीहरुले जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष सुदर्शन सिंह, वडा सदस्य पंकज कुमार मण्डललगायत स्थानियावासिन्दासंग छलफल गरेका छन् ।
वडा अध्यक्ष सुदर्शन सिंहले यस वस्तीमा सर्वोच्च अदालतको निर्णय नआउञ्जेलसम्म डोजर लगाउन नदिने प्रतिवद्र्धता समेत जनाउनुभएको छ । उहाँले यस जग्गामा वर्षौदेखि वस्ती रहेको तर केही दिन अगाडी मात्रै रामदुलार साहको नाममा मोहियानी कसरी भएको भन्दै यसबारे अनुसन्धान हुनुपर्ने वस्ती पुगेका मानवअधिकारकर्मीको टोलीलाई बताउनुभएको छ ।


जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठीको ८ कठठा जग्गामा आफनो मोाहियानी रहेको भन्दै जनकपुरधाम उपनपा १२ बस्ने रामदुलार साहले २०७१ सालमा जिल्ला अदालत धनुषामा स्थानिय जोगेन्द्र लाल कर्ण भन्ने योगेन्द्र दासलाई विपक्षी बनाएर मुददा दायर गर्नुभएको थियो । जिल्ला अदालत धनुषाले ०७६ भदौ २२ गते सो जग्गामा बनाइएको घर टहरा हटाउन भन्दै जोगेन्द्र लाल कर्ण भन्ने योगेन्द्र दासको नाममा अदालतले फैसला गरेको छ ।
जिल्ला अदालत धनुषाले रामदुलार साहको पक्षमा फैसला गरेपछि योगेन्द्र दासलगायत ७ जनाले २०७६ मङ्सिर ८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि ०७६ माघ ५ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ स्थानिय रामकुमारी महतोले बताउनुभयो । हामीले आर्थिक समस्याका कारणले गर्दा सवै जना मुददा गर्न नसकेको बताउँदै ५५ वर्षीय उमादेवी ठाकुरले भनिन् हामीले जसोतसो वर्षौदेखि घर बनाएर बसोवास गर्दै आएका छौं तर अहिले रामदुलार साहले यो वस्ती आफनो नाममा मोहियानी रहेको भन्दै घर खाली गराउन माघ २ गते काली मंदिरमा अदालतको सुचना टाँसेर गएको र माघ १८ गते ४ वटा डोजरसहित सयौ युवालाई लिएर घर भत्काउन आएको बताउनुभयोे ।


गुठिको जग्गा मोहियानी कसरी भयो मंदिरको पुजारी ८२ वर्षीय कर्णको भनाई
२५ वर्षपहिले खाली जग्गाको विचमा काली मंदिरको स्थापना गरेर पुजारी भएका ८२ वर्र्षीय जोगेन्द्रलाल कर्णका भनिने योगेन्द्र दासका अनुसार २० वर्ष पहिले गुठि संस्थान कार्यालय जनकपुर कार्यालयमा कार्यालय सहयोगी (पियन) रहेको राजेन्द्र ठाकुरले आफुलाई यस खाली जग्गामा बस्ने लगाएको बताउनुभएको छ । उहाँले भन्नुभयो हामीलाई उहाँलाई केही रकम पनि तिरेका थियौं, पछि जिल्ला अदालत धनुषाका कर्मचारी रहेको धिरेन्द्र बहादुर दाहालले यस जग्गामा जिल्ला मालपोत कार्यालय धनुषामाफर्त आफनो नाममा मोहियानी कायम गराएको ८२ वर्षीय काली मंदिरका पुजारी कर्णले बताउनुभयो ।
गुठि संस्थानका कार्यालय सहयोगी राजेन्द्र ठाकुरले बसाएको वस्तीको जग्गामा अदालतका कर्मचारी धिरेन्द्रबहादुर दाहालले आफनो नाममा गोप्य तरिकाबाट सोर्स लगाएर मोहियानी कायम गराएपछि रिसाएका राजेन्द्र ठाकुरले दाहालविरुद्ध जिल्ला अदालतमा मुददा दायर गरेको पुजारी कर्णले बताउनुभयो । पछि अदालतका कर्मचारी दाहालले ठाकुरसंग आर्थिक लेनदेन गरि मिलापत्र गराएको थियो । धिरेन्द्र बहादुर दाहालसंग जनकपुरधाम उपनपा १२ बस्ने जग्गाको कारोवार गर्ने रामदुलार साहले खरिद गरेको बताउनुभयो ।


स्थानिय जग्गा ठेकेदार साहले खरिद गरेपछि २०७१ तिर वस्तीमा आएर यो वस्ती आफनो नाममा मोहियानी रहेको भन्दै वस्ती खाली गर्न स्थानिय २० घरपरिवारलाई ठाडो उर्दी जारी गरेपछि आफुहरुले प्रतिवाद गर्दा जिल्ला अदालतमा आफुविरुद्ध मुददा दायर गरेको काली मंदिरको पुजारी कर्णले बताउनुभएको छ । जिल्ला अदालतले ०७५ भदौ २२ गते वस्ती हटाउन आदेश जारी गरेकाले साह वस्तीमा आएर पटक पटक आफुहरुलाई वस्ती खाली गर्न दवाव दिदै आएको बताउनुभयो । उहाँका अनुसार यो वस्तीमा हामी गरिव, विपन्नहरुको घर टहरा रहेकाले यसमा पहल गरि दिनको लागि मानवअधिकारकर्मी, नागरिक समाज, संचारकर्मीलगायत सम्पूर्ण जनमानसमा अपिल समेत गर्नुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
राष्ट्रिय

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

२०७९/१०/२४
नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : ads[email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In