प्रदेश २ मा सुरक्षित बेटी अभियान सुरु


धनुषा, ०७६ माघ २० गते ।
महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिर्वद्धता मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ २० गतेदेखि सुरक्षित बेटी अभियानको शुभारम्भ गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र यादवको अध्यक्षता तथा मुख्यमन्त्रि लालवावु राउतको प्रमुख आतिथ्यतामा सुरक्षित बेटी अभियानको शुभारम्भ गरिएको हो ।
सुरक्षित बेटी अभियानले महिला हिंसाविरुद्ध हुने सवै प्रकारको हिंसा, शोषण,विभेद र दुव्र्यवहारविरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गर्दै वैयतिक विकास, सशक्तिकरण र प्रगतिको मुख्य बाधक रहेको महिलामाथि हुने सवै प्रकारको हिंसा अन्त्य गर्न, मानव अधिकारको संरक्षण,प्रवद्र्धन गर्न, लैङ्गिक विभेदरहित मर्यादित, न्यायपूर्ण,सुरक्षित,समतामुलक सभ्य समाजको स्थापनाका लागि पहल गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका योजना महाशाखा प्रमुख टिकामणि नेउपानेले जानकारी दिनुभएको छ ।
सुरक्षित बेटी अभियानको क्रममा प्रदेशस्तरमा एक संयोजक र जिल्लाहरुमा सामाजिक परिचालक खटाएर महिला हिंसाविरुद्धको घटना न्युनिकरणको लागि सहजीकरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार