
धनुषा, ०७६ माघ २३
नेपाली काग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर भइको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध वालुवाटार ललिता निवासको जग्गा किर्तेमा संलग्न भएको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।
अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । गच्छदारविरुद्ध परेको मुद्दा अख्तियारले अदालतमा प्रमाण पेश गर्न सकेको खण्डमा गच्छदार जेल जाने निश्चित रहेको अख्तियारले जनाएको छ ।
यसैविच, पार्टीको उपसभापतिविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसको आकस्मिक बैठक बसेको छ । बैठकबाट भ्रष्टाचार मुद्दामा मुछिएका गच्छदारका बारेमा आधिकारिक धारणा सार्वजनिक पार्टी स्रोतले जनाएको छ ।