• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

१८ परिवारको साझा घर : आधारशिला

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २५, २०७६, ५:४८ PM
0
१८ परिवारको साझा घर : आधारशिला

दिपेन्द्रप्रसाद सिंह

धनुषा, ०७६ माघ २५ गते

महोत्तरीस्थित बर्दिवास नगरपालिका-३ का १८ परिवारको साझा घर नै हो आधारशिला । उनीहरू राजनीतिक रूपमा समान धारणा राख्छन् ।

तत्कालीन एकता केन्द्र मसालको सिराहामा सम्पन्न (वि.सं. २०५४) राष्ट्रिय सम्मेलनले आधारशिला निर्माण गर्ने निर्यण गर्यो । त्यसबेला एकता केन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठले गरेका थिए । उक्त राष्ट्रिय सम्मेलनबाट पार्टीका पूर्णकालिन नेता कार्यकता र सहिद परिवारका बालबच्चाहरुको रेखदेख विकास र व्यवस्थापन गर्ने अभिप्रायबाट आधारशिला संचालन गर्ने निर्णय भएको थियो ।

वि.सं. २०५४ सालमा गरिएको निर्णय कार्यान्वयनका लागि महोत्तरीको किसाननगरमा वि.स. २०५९ साल माघ २५ गतेका बसेको बैठकले आधारशिला निमार्ण गर्ने निर्णय भएको थियो । तत्कालीन एकता केन्द्रको वैचारिक राजनैतिक कार्यदिशाको आलोकमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निमार्णको आधारमा १८ जना बालबच्चाहरुको सहभागितामा महोत्तरीको गौरीडाँडामा आधारशिलाको सुरुवात गरिएको हो ।

आधारशिलाको संचालक समितिको संस्थापकका रुपमा हाल नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रहेका गिरिराजमणि पोखरेलले नेतृत्व गरेका थिए । आधारशिलाको संरक्षकका रुपमा नेकपाका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

संचालक समिति अध्यक्ष माधव कोइरालाको अग्रसरतामा आधारशिलाले १६ औ वार्षिकोत्सव मनाएको छ । आधारशिलामा १८ परिवारका ४५ जनाको सामूहिक बसोवास छ । आधारशिलामा १२ वटा सुत्ने कोठा, १ भान्सा घर, १ सभाहल, १ लाइब्रेरी, १ स्टोरघर छ । १८ परिवार फरक फरक भूगोल, परिवेश तथा भेषभाषाका रहे तापनि आधारशिलाले एक परिवारका रूपमा १६ वर्षे इतिहास रच्न सफल भएको छ ।

आधारशिलाका सदस्य तथा शिक्षा, विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव शंकर महतोका अनुसार ५ उद्देश्यका साथ आधारशिलाको परिकल्पना गर्दै सञ्चालन गरिएको हो । जसमा कम्युनिस्ट आन्दोलन र नयाँ ढङ्गको पार्टी निमार्णलाई सहयोग गर्न, पार्टीमा पूर्णकालीन कार्यकर्ताको घरपरिवार र बाल बालिकाहरुको रक्षा, विकास र व्यवस्थापनाका लागि नयाँ चुनौती स्विकार्दै सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानलाई सचेत रुपम अगाडि बढाउन, वैचारिक श्रेष्ठता हासिल गर्न, उत्पादनमा आत्मनिर्भता कायम गर्नुको साथै समुदायमाा आधारित भएर काम गर्ने उद्देश्य रहेको छ । जुन यात्राको १६ वर्षे पार गरि १७ औं वर्षमा प्रवेश गरेको छ ।

यसरी सञ्चालन हुन्छ आधारशिला

१६ वर्षे यात्रा पूरा गरेको आधारशिला आफ्नै १३ कठ्ठा जमीन र अन्य १ विगहा लिजमा लिएको जग्गाबाट आएको आम्दानीले आधारशिला सञ्चालन गर्दै हुँदै आएको छ । आधारशिलामा बस्ने ४५ जनालाई पुग्ने गरी आँफैले आर्गानिक हरियो तरकारी र दाल सिजनअनुसारको आफ्नै जग्गामा उत्पादन गर्दै आएका छन् । त्यस्तै लालगढमा वार्षिक २५ हजार तिर्ने गरी एक विगहा जग्गा लिजमा लिएको छ जसमा धान र गहुँ उत्पादन गर्ने गरेको छ ।

१८ परिवारले मिलेर गरेको धान खेतीबाट यस पटक ९० मन धान फलाएको आधारशिलाका सदस्य शिव फुयाँलले बताए । यसबाहेक तेल, मसालालगायत अन्य सरसामाग्रीको लागि मासिक १८ देखि २० हजार रुपैयाँ नगद खर्चिनु पर्ने हुन्छ आधारशिला सञ्चालनका लागि ।

१६ वर्षे इतिहासका संस्थापक अध्यक्ष तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार आधारशिला समाजवाद र साम्यवादको दिशा तय गरेको बेलामा स्थापित भएको हो । समाजमा व्यक्तिवादी पूँजीवादलाई तोड्ने प्रयासस्वरुप सामूहिकतामाा आधारित भएर आधारशिलाको निमार्ण गरिएको हो ।

अहिले समाजमा घुस खान, कमिसन खान, अनियमितता गर्न, वैइमानी गर्न सजिलो भएको छ तर सामुहिकतालाई स्वीकार्न निकै गार्हो र चुनौती भएको बेला आधारशिलामा बस्ने १८ घरपरिवारका सदस्यहरुको त्याग, बलिदानी र इच्छाशक्तिको उपज नै आधारशिलाले १६ औ वार्षिकोत्सव मनाउन सफल भएको मन्त्री पोखरेलले बताए ।

कम्युनिस्ट पार्टीको पुर्नगठनको बेला समयमा आधारशिलाले १६ औं वार्षिकोत्सव भब्यताका साथ मनाउनुको कारण देशमा कम्युनिस्टहरुको यस्तै खालको सामूहिकपना झल्कने गरी सयौं आधारशिला निमार्ण होस र सहकारिकताको माध्यमले अगाडी बढोस भन्ने मनोकाक्षाको साथ १६ औ वार्षिकोत्सव नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेताहरुको उपस्थितीमा कार्यक्रम गरेको बताए ।

आफ्नै सहकारी र सञ्चारमाध्यम

निजी घरपरिवार चलाउन निकै कठिनाई हुने बेलामा सामूहिकतामा आधारित आधारशिलाका १८ घरपरिवार जोगाउनका लागि सामुदायिक विद्यालयलाई सु-व्यवस्थित तरिकाले सञ्चालन गर्दै गाउँमा निरक्षरता उन्मुलन अभियान सञ्चालन गरिएको छ ।

आधारशिलाले २०६० देखि रुची मशाला उद्योगको सञ्चालन गरेको छ । २०६४ सालमा सञ्चारमाध्यममा लगानी गर्दै जनतालाई सही तथ्य सूचना सम्प्रेषण गर्न रेडियो दर्पण एफ एम सञ्चालन गरिएको छ ।

त्यस्तै आधारशिलामै गाईपालन समेत गरिएको छ । जनमुखि स्वास्थ्य विकास सहकारीमार्फत बचत र ऋण कार्यक्रम पनि आधारशिलाले सञ्चालन गर्दै आएको छ । यी संस्थाहरुबाट आएको आम्दानी र आधारशिलामा बस्ने व्यक्तिहरुको आम्दानी रहने गरी आधारशिला सञ्चालक समितिको नाममा खाता सञ्चालन गरिएको छ । यही आम्दानीहरुको आधारमा आधरशिलामा खर्च हुने गरेको छ ।

यसका अलावा आधारशिलाले विचारधारात्मक काम गर्नका लागि मुखपत्रको रुपमा प्रस्थानको प्रकाशन गरेको छ । जयगोविन्द शाह अध्ययन केन्द्रको स्थापना र सञ्चालन गरेको छ । आफू र आफ्नो परिवेशलाई बुझ्ने प्रवचन श्रृखला पनि सञ्चालन गरिएको छ । यसक्रममा संस्कृति, शिक्षा , सहकारी, अर्थतन्त्र, अक्टोवर क्रान्ति, भाषा, सुशासनलगायत विषयमा वैचारिक छलफल समेत गरिँदै आएको छ ।

बदलिएको नेपालको राजनैतिक परिवेशमा अधिकार र विकासमा आधारित जनआकांक्षा, समाजवादमा जाने राष्ट्रिय संकल्पको साथै वर्तमान पूँजीको दासता अन्त्य गर्ने मार्ग खोज्न, नाफा र नोक्सानको जिन्दगीबाट मानवीय संवेदनासहितको वैज्ञानिक समाज निमार्णमा सहयोग पुर्याउन यस्तै सामूहिकताका साथ आधारशिला निमार्ण गरी सहकार्यमा जुटन आधारशिलाले अपिल गरेको छ ।

सम्बन्धित समाचार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
राष्ट्रिय

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

२०७९/१०/२४
नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In